टिप्पर र कार ठोक्किँदा एक जनाको मृत्यु

अन‌ि यो पनि

धादिङ, २७ जेठ । धादिङको गजुरी गाउँपालिकाको जहरेखेतस्थित पृथ्वीराजमार्गमा टिप्पर र कार ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान ६ः३० बजेतिर तनहुँबाट काठमाडौ जाँदै गरेको बा ४ च २७९ नम्बरको कार र काठमाडौँबाट आइरहेको बा ३ ख ७३९३ नम्बरको टिप्पर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक दोलखा मेलुङ गाउँपालिका वडा नम्बर १० का प्रकाश अधिकारीको मृत्यु भएको छ भने कारमा सवार तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ का ४० वर्षीय दिलबहादुर श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

घाइते श्रेष्ठको गजुरीस्थित स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि लागि काठमाडौँ पठाइएको र टिप्पर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...