धादिङमा नदीमा डुबेर दुई दिनमा पाँच जना बेपत्ता

अन‌ि यो पनि

-केशव अधिकारी
धादिङ, २७ जेठ । धादिङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट नदीमा डुबेर दुई दिनमा पाँच जना बेपत्ता भएका छन् ।
जिल्लाको ज्वालामुखी गाउँपालिकाका तीन जना, सिद्धलेक गाउँपालिकाका एक जना र नीलकण्ठ नगरपालिकाका एक जना गरी पाँच जना नदीमा डुबेर हराइरहेका हुन् ।

बुधवार दिउँसो नीलकण्ठ नगरपालिका १० स्थित आँखुनदीमा डुवेर नीलकण्ठ ३ घर भएका खेलाडी का ३६ वर्षीय सुमन श्रेष्ठ हराइरहेका छन् । बुधबार बिहान ८ बजे धादिङबेँसीबाट साथीहरुसँगै पौडी खेल्न भन्दै गएका श्रेष्ठलाई टारीबेँसीनजिकै आँखुखोलाले बगाएर बेपत्ता पारेको प्रहरीले जनाएको छ । स्थानीय र आफन्तहरुको सहयोगमा प्रहरीले श्रेष्ठको खोजबिन जारी राखेको जनाएके छ ।

आँखुमा डुबेर हराइरहेका श्रेष्ठ धादिङको धादिङ समाज धादिङबाट बागमती प्रदेश एन्फा लिगमा सहभागी भएका फुटबल खेलाडी हुन ।

मंगलबार नै जिल्लाकै गजुरीस्थित त्रिशूलीमा १ जना र ज्वालामुखी गाउँपालिकाको बूढीगण्डकीमा ३ जना बेपत्ता भएका थिए । जिल्लाको छुट्टाछुट्टै नदी तथा खोलामा डुबेर बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।

मंगलबार बूढीगण्डकी नदीमा डुबेर बेपत्ता हुनेमाा ज्वालामुखी गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय सुवास नेपाली, दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन् । उनीहरु ज्वालामुखी २ जोगेटार गाउँका आफन्तको मृत्यु पछि दाहसंस्कारका लागि बूढीगण्डकी नदी किनारको पशुपति थानको घाटमा मलामी गएका ती युवाहरु लास जलाएर नुहाउने क्रममा नदीमा डबेर हराइरहेका हुन् ।

यसैगरी गजुरी गाउँपालिका वडा नम्बर १ स्थित त्रिशूली नदीमा माछा मार्न गएका १ जना मंगलबार पौने ४ बजेदेखि हराइरहेका छन् । जिल्लाकै सिद्धलेक ६ का २८ वर्षीय रामबहादुर बिसंखे त्रिशूली नदीमा जाल हान्ने क्रममा लडेर बेपत्ता भएका हुन् । घटनालगत्तै नेपाली सेना, प्रहरी र स्थानीयले खोजतलास जारी राखेको तर फेला नपरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया