चितवनको इतिहास समेटिएको पुस्तक ‘चितवन दर्पण’ प्रकाशनको तयारीमा

अन‌ि यो पनि

चितवन २७ जेठ । जिल्ला समन्वय समिति चितवनले चितवनको इतिहासदेखि भविष्यमा हुने परिकल्पनासहितको पुस्तक ‘चितवन दर्पण’ प्रकाशनको तयारी गरिरहेको छ। जिल्ला समन्वय समितिले नै प्रकाशन गर्ने गरी विभिन्न विषयसँग सम्बन्धित विज्ञहरुको टोलीले पुस्तकलाई मुर्तरुप दिने क्रममा रहेको प्रकाशन समितिका सचिव डा विश्वराज सुवेदीले बताए। बिहीबार ‘जुम मिटिङ’को माध्यमबाट पुस्तक प्रकाशनबारे जानकारी गराएका हुन्। गत मंसिरबाटै पुस्तक प्रकाशनको लागि काम भइरहेको उनले बताए।

असार १५ सम्ममा काम सकिने गरी तयारी भइरहेको उनले बताए। पुस्तकमा जिल्लाको भौगोलिक, ऐतिहासिक, वर्तमान र यसपछिका परिकल्पनासमेत समेटिनेछन्। चितवन जिल्लाकै मुख्य दस्तावेजको रुपमा पुस्तकको प्रकाशन गर्न लागेको पुस्तकको लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरिरहेका शिक्षाविद् रमाकान्त सापकोटाले बताए।

पुस्तकको लागि पूर्वाधार विकासमा वागमती प्रदेश सभा सदस्य विजय सुवेदी र ईन्द्रप्रसाद लामिछाने, इतिहारबारे प्रा.डा देवीप्रसाद कँडेल, रानीतिक विषयमा डा.राजेन्द्र रेग्मी, शिक्षा तथा सामाजिक विकासमा शिक्षाविद् रमाकान्त सापकोटा, वन तथा पर्यटन तथा पर्यावरणसम्बन्धि क्षेत्रमा डा.विश्वराज सुवेदी, जिल्ला समन्वय समितिको इतिहासबारे जिल्ला समन्वय समिति चितवकी उपप्रमुख मुनाकुमारी श्रेष्ठ, साहित्य, संस्कृति तथा पत्रकारिताको विषयमा समालोचक तथा समीक्षक डीआर पोखरेल, आर्थिक विकासमा कपिल सुवेदी र चितवनका सात पालिकाको विषयमा डा. ईन्द्रविलास घिमिरेले कलम चलाएका छन्।

कार्यक्रममा बोल्दै वागमती प्रदेश सभा सदस्य विजय सुवेदीले चितवन जिल्लाको इतिहासलाई प्रमुख दस्तावेजको रुपमा जिल्ला समन्वय समितिमार्फत आधिकारिकता दिने प्रयास सकारात्मक भएको बताए। ‘चितवनको इतिहास नगुमोस् भन्ने उद्देश्यले जिल्ला समन्वय समितिको आयोजनामा जुन काम भइरहेको छ, यसले चितवन जिल्लाको इतिहास गुम्नबाट जोगाउने प्रयास गरेको छ,’ उनले भने।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...