शक्तिखोर–सिद्धि जोड्ने पुलको काम ५ प्रतिशत बाँकी, अर्कोको काम ५ प्रतिशतमात्रै

अन‌ि यो पनि

–दिपेन्द्र अधिकारी

भरतपुर । शक्तिखोरबाट सिद्धि गाउँ जोड्नका लागि निर्माण थालिएको मोटर पुलको काम अन्तिम चरणमा पुगेको छ । समयअगावै पुल निर्माण गर्न ठेकेदार पक्ष लागिपरेको छ । यसको निर्माण जिम्मा डाइनामिक निर्माण सेवाले लिएको हो ।

भौतिक प्रगति अब केवल ५ प्रतिशतजतिमात्रै बाँकी रहेको जिल्ला पूर्वाधार कार्यालय चितवनले जनाएको छ । कुल ३ करोड ८० लाखमा ठेक्का सम्झौता भएको हो । ३५ मिटर लम्बाइ र ८ मिटर ४० सेमी चौडाइ रहेको छ । गत वैशाखमा सक्ने लक्ष्य भए पनि कोरोना र पुलको मुखमा रहेको एप्रोच रोडको विवादका कारण ढिला भएको हो ।

आगामी भदौसम्म भने मान्छे र साना सवारी मोटर पुलबाटै आवतजावत गर्न सक्ने गरी काम भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । १८ महिनाको अवधिअनुसार ०७८ पुस २९ गतेसम्म समय भए पनि ठेकेदार पक्षले निरन्तर काम गरेकाले तोकिएको समयभन्दाअघि नै काम सम्पन्न हुन लागेको पूर्वाधार कार्यालय प्रमुख विजय महर्जनले बताए ।

पुल निर्माण भएपछि सिद्धि, तीनदोभान क्षेत्रबाट बगेर आउने कयर खोलामा वर्षायाममा हुने अवरोध हट्ने अपेक्षा राखिएको कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठले बताए । अधिकांश चेपाड समुदाय रहेको र पहाडी भूगोलका विभिन्न रोडहरु जोड्न यस मोटर पुलको आवश्यकता देखिएकाले पुल निर्माण गरिएको प्रमुख श्रेष्ठको भनाइ छ । यस भेगको वर्षायामको ठूलो समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे ।

तर, सोही समयमा सम्झौता भई निर्माण हुुनुपर्ने रत्ननगरस्थित बाघमाराको पुलको भने ५ प्रतिशतजति पनि काम भएको छैन । अहिलेसम्म ठेकेदार पक्षले पिलर तथा पर्खालका लागि खाल्डो खनेर राखेको छ । पुल निर्माण समयमै हुनुपर्नेमा ठेकेदार पक्षले आलटाल गरेको स्थानीय बासिन्दासमेत रहेका पत्रकार रामकान्त पौडेलले बताए ।

यस पुलको ठेक्का एड्भेन्चर निर्माण कम्पनीले लिएको हो । गत चैत र वैशाख महिनामा २ पटक भत्किएको भनिएको ठिमुरा पुलकै ठेकेदारले यो पुलको पनि जिम्मा लिएको पाइएको छ । ५० मिटर लामो यस पुलको सम्झौता रकम ५ करोड रहेको पूर्वाधार कार्यालयले जनाएको छ ।

चितवनमा हाल जुवाखोला भण्डारा, पर्साढाप, शक्तिखोरगढी सडक खोला, रिग्दी खोलामा मोटर पुल बनाउने प्रक्रिया अघि बढेको छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया