स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बागमतीको नीति तथा कार्यक्रम आउँदै

अन‌ि यो पनि

–अमृत चिमरिया
हेटौँडा । बागमती प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशसभामा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । बिहीबार प्रस्तुत हुने नीति तथा कार्यक्रमका लागि मंगलबार साँझ मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको थियो । बिहीबार आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

केन्द्रको सिको गर्दै लोकप्रिय नीति तथा कार्यक्रम

प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि र शिक्षा क्षेत्र उच्च प्राथमिकतामा परेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । कार्यालयका एक कर्मचारीका अनुसार केन्द्रको सिको गर्दै बागमती प्रदेशमा पनि लोकप्रिय बजेट ल्याउने तयारी गरिएको छ ।

प्रदेशका सबै स्थानीय तहमा स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्तामा हेरफेर, सबै विद्यालयमा विद्यालय नर्स, एक वडा एक स्वास्थ्यकेन्द्र, मकवानपुरको सिमभञ्ज्याङसहित प्रदेशका १३ वटै जिल्लामा नेपाली कागज उत्पादन गर्ने उद्योग, विद्यार्थीका लागि छात्रवृत्ति अनुदानजस्ता विषयहरुले उच्च प्राथमिकतामा पाएको जानकारी दिइएको छ । तर, प्रदेश सरकारका प्रमुख सचिव डा. मुकुन्द पौडेलले सरकारले लोकप्रियताका लागिभन्दा पनि विषयगत र तथ्यपरक बजेट ल्याउनका लागि त्यही खालको नीति तथा कार्यक्रमको निर्माण गरेको बताए ।

उनले भने, ‘यो वर्षको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्यका कुराहरु प्राथमिकतामा रहेका छन् । अस्पताल स्तरोन्नतिदेखि पुराना अधुरा योजनाहरु पूरा गर्न नीति तथा कार्यक्रम केन्द्रित भएको छ । सरकारले तथ्यगत आधारमा नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।’

प्रदेश सरकार प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले भने प्रस्तुत भएपछिमात्रै जानकारी दिने भन्दै स्वास्थ्य क्षेत्र स्वाभाविकरुपमा प्राथमिकतामा परेको बताए । उनले प्रदेशका सबै जनता खुसी हुने गरी प्रदेश सरकारले काम गरेको भन्दै सोहीअनुसारको नीति तथा कार्यक्रम र बजेट ल्याउने दाबी गरे ।

बजेट पास गर्न सुरूङमार्ग समेटिएन

बागमती प्रदेश सरकारको गौरवको आयोजना भन्दै लगाताररुपमा ३ वटा आर्थिक वर्षमा परेको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरूङमार्गको कार्यक्रम यो वर्ष नसमेटिने भएको छ । यो वर्षको अधिकांश लगानी स्वास्थ्य क्षेत्र, शिक्षा र कृषिमा केन्द्रित हुने भन्दै उक्त योजना नराखिएको नीति तथा कार्यक्रम निर्माणमा सहभागी एक कर्मचारीले जानकारी दिएका छन् । राजनीतिकरुपमा भने सुरूङमार्गको योजना हटाएर सरकारले बजेट पास गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रलाई खुसी पार्न खोजेको बुझिन्छ ।

गत हप्ता नेकपा माओवादी केन्द्रका बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशको आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा प्रदेशको गौरवको आयोजनालाई समावेश नगर्न सरकारलाई सुझाव दिएका थिए । उनले कानुनी हिसाबले सुरूङमार्ग निजी क्षेत्रले लिएको र उपयोगको हिसाबले निजगढ–काठमाडौँ फास्ट ट्रयाक नजिक पर्ने हुँदा सुरूङमार्गको औचित्य नभएको भन्दै योजनालाई छोड्न सरकारलाई सुझाव पेश गरेका थिए ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई प्रमुख प्रतिपक्ष दल माओवादीले आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गर्न नौ पन्ने सुझाव गत मंगलबार पेश गरेको थियो ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया