रेडक्रस पिठुवा उपशाखाद्वारा विपन्न परिवारलाई राहत

अन‌ि यो पनि

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी पिठुवा उपशाखाद्वारा रत्ननगर नगरपालिका १४, १५ र १६ वडाका २२ विपन्न परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।

बुधबार एक कार्यक्रमबीच रत्ननगर नगरापलिका–१४, १५ र १६ का अतिविपन्न २२ परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी, चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अध्यक्ष हरिकुमार श्रेष्ठ, वडा नम्बर १५ का अध्यक्ष हुमनाथ लामिछाने र वडा नम्बर १६ का अध्यक्ष हेमराज थापा विशिष्ट अतिथिको रुपमा रहेका थिए ।

सो अवसरमा कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले महामारीको समयमा राहत वितरण जस्तो मानवीय कार्यक्रम हुनु असाध्यै सकारात्मक पक्ष रहेको बताए । उनले विपद्को समयमा यस किसिमको मानवीय कार्यमा सबैलाई खुलेर लाग्नसमेत अनुरोध गरे ।

उपशाखाले बुधबार आफ्नै भवनमा कार्यक्रम गरी प्रतिपरिवार २५ किलो चामल, नुन, प्याजलगायत खाद्य सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा रेडक्रस पिठुवा उपशाखाकी सल्लाहकार रमा बस्नेत, सामाजिक व्यक्ति जयन्द्र कुँवर वडा सदस्यहरु गीता दाहाल, सुशीला परियार, रुकमाया परियार, क्रान्तिकारी महिला संगठन चितवनकी अध्य्क्ष संगीता भट्टराई, भवन निर्माण समित सदस्य एवं कोषाध्यक्ष नर्मदा अधिकारीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम सामाजिक व्यक्तित्व एव अभियन्ता नसिव कृष्ण बस्नेतको विशेष सहयोगमा सञ्चालन भएको थियो । उनले सामाजिकरुपमा उत्तरदायित्व बहन गर्न सम्पूर्णमा अपिल गरेका छन् ।

उपशाखाका सचिव तथा शिक्षक एवं सामाजिक व्यक्तित्व रामहरि भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रम नेपाल रेड्क्रस सोसाइटी पिठुवा उपशाखाको सभापति कमलचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया