साल्ट ट्रेडिङको छूट निषेधाज्ञा अवधिभरमात्र

अन‌ि यो पनि

नारायणगढ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जेठ १५ गते घोषणा भएको बजेट वक्तव्यअनुसार दिनुपर्ने छूटको व्यवस्था निषेधाज्ञाको अवधिभर मात्रै लागू हुने जनाएको छ ।

सेवाग्राहीलाई निषेधाज्ञापछि छूट दिन नसक्ने साल्ट ट्रेडिङले बुधबार सूचना जारी गरेर जानकारी गराएको हो । ‘सरकारले गरेको निर्णयानुसार निषेधाज्ञा अवधिभर छूटको व्यवस्था गरेका हौँ,’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नारायणगढ शाखाका प्रमुख वुद्धिविनोद दाहालले भने, ‘निषेधाज्ञा खुलेपछि सामान्य अवस्थामा जस्तै हाम्रो कारोबार चल्नेछ ।’

कर्पोरसनले आइतबार, मंगलबार र बिहीबार बिक्री कक्षबाट बिहान ७ बजेदेखि ९ बजेसम्म कारोबार गर्दै आएको उनले बताए । कर्पोरेसनले छूट समयावधिभर आयोनुन प्रतिकेजी, १६ रुपैयाँ, चिनी प्रतिकेजी ६३ रुपैयाँ २० पैसा, पिठो ४४ रुपैयाँ र भटमासको तेल १८८ रुपैयाँ लिटरमा बिक्री गर्दै आएको छ । सेवाग्राहीले सीमित मात्रामा मात्रै उक्त सामग्री खरिद गर्न पाउनेछन् । एक जना सेवाग्राहीले एक पटकमा आयोनुन, चिनी र पीठो दुई केजीसम्म र भटमासको तेल एक लिटर खरिद गर्न पाउनेछन् ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया