इन्टर्‍याक्ट क्लब अफ वाल्मीकिद्वारा खाद्यान्न सहयोग

अन‌ि यो पनि

भरतपुर । इन्टर्‍याक्ट क्लब अफ वाल्मीकिले इन्द्रेणी टोल, आँपटारीमा रहेका ३० घरपरिवार र भोजाड ११ का ४० घरपरिवार गरी जम्मा ७० घरपरिवारका करिब ३०० जनालाई  फिड द हङ्ग्री नेपालको सहयोगमा उक्त संस्थाका प्रतिनिधि सावित्री पौडेल र प्रज्ज्वल न्यौपानेको उपस्थितिमा खाद्यान्न सहयोग वितरण गरेको छ ।

प्रतिपरिवार सात केजी चामल, २ केजी दाल, नुन १ पोका, ६ थान सेनिटरी प्याड, १ थान सेनिटाइजर र मास्क वितरण गरिएको क्लबका अध्यक्ष इन्टर्‍याक्टर अमृत ढकालले बताए ।

इन्द्रेणी सक्षम महिला समूहको संयोजनमा आँपटारीमा कार्यक्रम गरिएको हो । त्यसैगरी भोजाड ११ मा शान्ति आमा समूहले कार्यक्रम संयोजन गरेको थियो ।

कोरोनाको जोखिम अझै पनि व्याप्त रहेकोले सबैलाई सुरक्षितसाथ घरमै बस्न अनुरोध गर्दै निषेधाज्ञाका कारणले दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने सर्वसाधारणलाई हातमुख जोड्ने समस्या देखिएकोले खाद्यान्न सहयोग वितरण गरिएको र आवश्यकताको पहिचान गरी अन्य स्थानहरूमा पनि थप खाद्यान्न सहयोग गर्ने अध्यक्ष ढकालले बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया