फुटको घाटा र जुटको नाफा

अन‌ि यो पनि

–वीरेन्द्रमणि पौडेल

बाल्यकालमा गुरूले एउटा कथा सुनाउनुभएको थियो । कथामा केही दाजुभाइ हुन्छन् । दाजुभाइलाई पालैपालो एउटा एउटा लट्ठी दिएर भाँच्न भनिन्छ । सबैले लट्ठी सजिलैसँग भाँच्छन् । त्यो दृश्य सबै दाजुभाइहरुले देखिरहेका हुन्छन् । पछिल्लोपटक जति संख्यामा पहिला लट्ठी एक–एकलाई दिइएको थियो त्यो संख्याबराबरको लट्ठीको मुठो बनाएर एउटालाई भाँच्न भनिन्छ । मुठो भाँच्न उसले सक्दैन । सबैलाई पालैपालो दिइन्छ, तर कसैले पनि एकढिक्का बनाएर बाँधिएको लट्ठीको मुठो भाँच्न सक्दैनन् । परिणाम आँखैअगाडि सबैले देखेपछि सबै दाजुभाइलाई भनिन्छ कि एक–एक गरी अलग हुँदा कमजोर हुने र सजिलैसँग भाँच्न सकिने र एकता कायम गरेर एकढिक्का हुँदा भाँच्न नसकिने देखिएपछि एकतामा बल हुन्छ । नफुट्नू एकजुट हुनू भन्ने ज्ञान दिइन्छ र भनिन्छ “एकतामा बल हुन्छ ।”

केटाकेटी उमेरमा यस्तो प्रायः सबैले पढे । एकतामा बल हुन्छ, जाने पनि तर मनभित्रको विकाररुपी अहंकारले त्यो ज्ञानलाई छोप्यो र यो युगका मान्छेहरु जुट्नमा भन्दा फुट्नमा रमाउन थाले, जसको परिणाम फुट्नेहरु कमजोर भए । फुटाउने ब्वाँसाहरु बलिया भए । जिते । फुट्न हुन्न भन्ने चेत हराएका भेडाहरुले सधैँभरि हारे ।

अर्को एउटा कथा यस्तो छ । पुन्टे बाहुनको आँपको बगैँचामा रातिराति आँप चोर्न तीन जना केटाहरु गए । तीमध्ये एउटा ६ फुट अग्लो, एउटा ५ फुट ६ इन्च र अर्को केटो ५ फुट अग्लो थियो । ६ फुट अग्लो केटोको काँधमा ५ फुट अग्लो केटो चढ्यो र आँप टिप्दै भुइँमा खसाल्दै ग¥यो । ५ फुट ६ इन्चवालाले आँप बटुलेर झोलामा हाल्यो । यो तरिकाले तिनले प्रत्येक दिन पुन्टे बाहुनको बगैँचाको आँप घटाए । पुन्टे बाहुनले आँप घटेको चाल पाए । राति लट्ठी बोकेर चोर पक्रिन टर्च लाइटका साथ बसे ।

पुन्टेले एक घन्टा कष्ट सहेर उभिएपछि तीन जना ठिटाहरु फटाफट झोला बोकेर आँपको बगैँचातिर आइरहेको देखे । आफू एक जना, चोरहरु तीन जना देखेपछि पुन्टे अलिकति हच्किए र एकतामा बल हुने र फुटमा कमजोर हुने कुरा सम्झिए । पुन्टेले तीन जनालाई फुटाएर गज्जबले ठटाउने विचार गरे । तीन जना चोरनजिकै आएपछि पुन्टे गज्जबले हाँसे र भने– “कुरा त हो नि, मैले पनि ठिटो उमेरमा गाउँलेको आँप चोरेर खुबै खाएको हुँ । बाबुहरु पनि आँप चोर्न आउनुभएछ, मलाई खुसी लाग्यो तर यो सबैभन्दा होचो भएर आफूभन्दा दुई जना अग्लाको साथ पाएर आँप चोर्नु लाजको विषय हो, दुई जना अग्लाहरुचाहिँ टन्न आँप खानुस्, झोलामा हाल्नुस्, भोलि पनि आउनुस्, पर्सि पनि आउनुस् तर यो सबैभन्दा होचोले चाहिँ कुटाइ खानुपर्छ भन्दै होचोलाई पुन्टे बाहुनले लौरोले ठटाउन लागे । साथीले कुटाइ खाएको अरु दुई जनाले हेरेर बसे । कुटाइको चोटले सबैभन्दा होचो केटो कुलेलम ठोक्यो । दुई जना आँप चोरले झोलाभरि आँप खाँदे । हिँड्ने बेलामा पुन्टे बाहुनले हाँसेर “तपाईंहरु त भोलि पनि आँप लिन आरामले आउनुहोला” भने र आँप चोर ठिटाहरुलाई बिदा गरे ।

भोलिपल्ट पहिलाको भन्दा केही ठूला–ठूला झोला बोकेर दुई जना ठिटा ज्यान मर्काइमर्काइ आँप बगँैचामा आइपुगे । पुन्टे बाहुन टुप्लुक्क दुई जनाको अगाडि देखा परे र भने– “आँप चोर बाबु हो, कुरा अलिकति मिलेन । सबैभन्दा अग्लोको साथ पाएर यी होचाले आँप कुम्ल्याएको अल्लि सुहाएन । अग्लो बाबुचाहिँ भोलि टन्नै आँप लिएर जानुहोला, तर यी होचालाई चाहिँ म ठटाउँछु” भन्दै बेस्सरी भकुरे । अग्लो केटो टोलाएर बस्यो । होचोचाहिँ सुम्ला छाम्दै पछाडि पनि नफर्किएर भाग्यो ।
भोलिपल्ट आफूले मात्रै आँप टिप्न पाउने सोचेर सबैभन्दा अग्लो केटो बोरा बोकेर आँप बगैँचामा पुग्यो । त्यतिबेला पुन्टे बाहुनले सिस्नुको मुठोले आँप चोर ठिटोलाई ज्यानैभरि ठटाएर “अबदेखि मेरा बारीको आँप चोर्न आइस् भने तेरा हजुरबाको बिहे देखाउँछु भन्दै हाबाकाबा पारे । तेश्रो नम्बरको चोरको पनि सातोपुत्लो उड्यो । यसरी आँप चोरहरुको एकता भङ्ग गरेर पुन्टेले त्यो सालको आँपबाट केही आम्दानी गर्न सके । यसरी असल मान्छेको एकतालाई होस् वा खराबहरुको एकतालाई होस्, एकता भङ्ग गर्न सकिन्छ । जतिबेला एकता भङ्ग हुन्छ, एकता गुमाएकाहरु हरहालतमा कमजोर हुन्छन् र बलिया चतुरेहरु सफल हुन्छन्, नाफा बटुल्छन्, मन्द बुद्धिका एकता टुटाउँदा टोलाएर हेर्नेहरु घाटा व्यहोर्छन् ।

अब नेपालको राजनीतिमा पनि कायम भएको एकता अदृश्यले टुटाउने काम ग¥यो र आज हेर्दाहेर्दै दलहरु टुक्रा–टुक्रा भएर बिलाउने अवस्थामा आइपुगे । “हजुरको अगाडि त शेरबहादुर देउवा एउटा मामुली झिँगोबराबर पनि होइन नि गिरिजाबाबु” भनियो । उता, बाहिरी राजनीति अलिअलि बुझ्ने तर कूटनीतिचाहिँ ठ्याम्मै नबुझ्ने गिरिजाप्रसाद कोइरालालाई फस्ल्याङफुस्लुङ पारेपछि यता शेरबहादुर देउवालाई “कुनै पनि हालतमा गिरिजा एण्ड कम्पनीको तानाशाही सहन हुँदैन” भन्दै उचाल्ने काम गरियो । यसरी गिरिजाप्रसाद र शेरबहादुरको दूरी बढाउँदै लगेर नेपाली कांग्रेस पार्टी नै फुटाइयो र “नेपाली कांग्रेस (प्रजातान्त्रिक) जन्मियो । नजिकमा रहेको अदृश्य शक्तिले पार्टी फुटाएर नेपाली कांग्रेसलाई कमजोर बनाइदियो । पछिल्लोपटक त्यही अदृश्य शक्तिले कांग्रेसलाई जुटायो । जुटाउनुको कारण नेपाली कम्युनिस्टलाई “मोटाउन” नदिने रणनीति थियो । नेकपा एमाले एकलट गज्जबले मोटाएपछि “महाकाली नदी” शीर्षकमा एमालेलाई फुटायो । पछि फेरि आवश्यकता प¥यो, जुटायो पनि । यिनलाई जुटाउनुको उद्देश्य कतै नेपाली कांग्रेस बेस्सरी मोटाउला भन्ने पीर नै थियो ।

आफैँ जन्मिएको वा अरु कसैले जन्माइदिएको जेसुकै भए पनि नेपालमा बीउमात्रै भएको नेकपा माओवादीलाई अदृश्य शक्तिले घिउ र चाकु खान दिएर मोटो बनायो । खसीको मासु र बासमती चामलको भात टन्न खान दिएर गाला रातो पारिदियो । माओवादीलाई टल्किने जुत्तादेखि लिएर कपालमा घस्ने जेल पनि दिएर चिरिच्याँट्ट पारिदियो । कान्छो ज्वाइँलाई जस्तो मानमनितो गरेर पाल्यो । अनेक चीज दिएर बलियो पा¥यो । तर, अहिले फेरि माओवादीको बीउ खोज्नुपर्ने अवस्था आएको छ । पहिला राजनीतिक दलहरुसँग भिडायो, जसलाई झुकाउनुपर्ने थियो ऊ झुक्ने छेकछन्द नदेखेपछि कान्छो ज्वाइँ माओवादी र नेपालका सात राजनीतिक दलहरुलाई लट्ठीको मुठो पारेझैँ एकढिक्का पारिदियो र नेपालको श्रीपेचसँग लड्न पठाइदियो । बिचरा अन्तिम श्रीपेचमा राजकाजसम्बन्धी र राजनीति, कूटनीतिसम्बन्धी खास ज्ञान थिएन, कान्छो ज्वाइँ र सात राजनीतिक दलको बज्र प्रहार थेग्न सकेनन् । हेर्दाहेर्दै मलिन अनुहार बनाएर साधारण नागरिकको रुपमा दरबार छाडेर डाँडातिर उक्लिए ।

एकलट कान्छो ज्वाइँलाई अदृश्य शक्तिले भरमार बहुमत दिएर संसद्मा पु¥यायो । ज्वाइँ साहेबलाई प्रधानमन्त्रीको कुर्सीमा पनि बसाल्यो तर के मागेको थियो कुन्नि, कान्छो ज्वाइँले दिन नसकेपछि रूक्माङ्गत कटुवाललाई तगारो बनाएर ज्वाइँसाहेबलाई पुर्लुङ्गै पल्टाइदियो । दोश्रोपटक पनि प्रधानमन्त्री बनेको ज्वाइँले आफ्नो लागि माखो नमारेपछि अब ज्वाइँ “काम नलाग्ने” बुझेर तिनको नेतृत्वमा भएको पार्टीलाई धुजाधुजा बनाइदियो । बाबुरामलाई दक्षिणतिरै तान्यो । बैद्य र विप्लवलाई नेपालतिरै छाड्यो । बादललाई एमालेको मूलधारतिर धकेल्यो । हेर्दाहेर्दै ज्वाइँको पार्टीलाई चिनिएका नेताविहीन अवस्थामा पु¥यायो । अहिले त कुनै बेला आफ्नो टाउकोको मूल्य तोक्ने शेरबहादुर देउवाको शरणमा जाने अवस्थामा पु¥याएको छ । छेकछन्द हेर्दा यस्तो देखिन्छ कि त्यो अदृश्य शक्तिले कान्छो ज्वाइँलाई जोगी बन्न बाध्य बनाएर देवघाटतिरै पठाउँछ ।

अदृश्य शक्तिले राजावादी राप्रपालाई समेत पटकपटक फुटायो । बिस्तारै बिस्तारै लोकतान्त्रिक आचरण सिक्दै गरेका राजावादीहरु समेत अदृश्य शक्तिको पुतली बने । यिनीहरु पनि कहिले पशुपति मन्दिरको फोटो झुँड्याएर भोट माग्न हिँडे, कहिले जिउँदो गाई बाटोबाटै डो¥याएर हिँडे तर यता न उताको अवस्थामा रूमल्लिएर बसे ।

अहिले प्रधानमन्त्री केपी ओली र माधव–झलनाथ समूहबीच राजनीतिक मुक्कामुक्की चलेको छ । यो मुक्कामुक्की खेल खेलाउने पनि उही अदृश्य शक्ति हो भन्ने विश्लेषण नेपालका केही राजनीतिक विश्लेषकहरुको छ । कसले कसलाई “पाहा” पछारेझैँ पछार्ने खेल खेलिएको छ । दुईमध्ये एक पछारिन अब धेरै समय कुर्न पनि नपर्ने भएको छ । दुईमध्ये एक पछारिँदा नाफामा अदृश्य शक्ति र घाटामा नेपाली जनता हुने निश्चित नै छ । तर, गमेर हेर्दा छेकछन्द यस्तो देखिन्छ कि यस्तै अवस्था रहिरहे अब नेपाली जनताले नयाँ विकल्पको खोजी गर्नेछन् । त्यो नयाँ विकल्प भनेको नयाँ अनुहार र नयाँ विचारका नेपाली युवाशक्ति हुनेछ, जो मौजुदा राजनीतिक दलहरुबाट नै छानिएर आउनेछन् । नयाँ राजनीतिक दल निर्माण गर्नेछन् । त्यो एकढिक्का भएर देखा पर्ने राजनीतिक शक्तिले नै नेपालरुपी डुङ्गालाई गन्तव्यमा पु¥याउने छ । तर, यदि मौजुदा राजनीतिक शक्तिहरुले नै फुटलाई होइन जुटलाई प्राथमिकता दिएर एकताको मह¤व बुझ्न सके नयाँ शक्ति आउन केही समय लाग्नेछ, तर आउनचाहिँ केही वर्ष लाग्ला, पक्कै आउने देखिन्छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया