कालो ढुसीको बढ्दो त्रास

अन‌ि यो पनि

कोरोना भाइरसको सङ्क्रमण विगतका केही दिनयता पक्कै पनि ओरालो लागिरहेको छ । कोरोनाको पहिलो लहर न्यूनीकरण हुँदै गएको अवस्थामा दोस्रो लहर देशमा प्रवेश गरेको थियो, जुन निकै घातकसमेत सिद्ध हुन पुगेको छ । कोरोनाको तेस्रो लहर आउने सर्वत्र आशङ्का प्रकट गरिन थालेकै स्थितिमा फेरि अर्को रोगले त्रासलाई बढाउने काम गरिरहेको देखिन्छ । म्युकर माइकोसिस भनिने कालो ढुसी नामक रोग खासगरी कोरोनाबाट सङ्क्रमित रहेका वा त्यसबाट निको नै भैसकेका व्यक्तिहरुमा फैलिरहेको पाइएको छ । ब्ल्याक फङ्गसको नामबाट समेत चिनिने यो रोगले भारतका केही राज्यहरुमा आतङ्क नै फैलायो र अझै पनि त्यहाँ त्यो नियन्त्रणमा आइसकेको छैन । भारतका कतिपय राज्यहरुले त यो रोगलाई महामारीको दर्जासमेत दिए, जुन सयौँ रोगीहरुलाई मार्नमा कारकसमेत बन्यो । अमेरिका र भारतपछि नेपालमा कालो ढुसीको सङ्क्रमण देखा पर्न थाल्नुले कोरोनाको लडाइँसमेत थप चुनौतीपूर्ण बनिरहेको छ ।

कालो ढुसीबाट भएको सङ्क्रमणबाट हालै वीरगन्जमा तीन जनाको मृत्यु भएको छ र केही व्यक्तिहरु उपचारका लागि भन्दै भारत गएको पनि पाइएको छ । यसले यस रोगप्रति जनचासो बढाए पनि औषधिको अभावमा रोग नियन्त्रणमा आउन कठिन भैरहेको पाइन्छ । यद्यपि, केही दिनअघि विश्व स्वास्थ्य संगठनले कालो ढुसीको उपचारका लागि भन्दै त्यसको औषधि पठाएको थियो, तर त्यसको उपयोग र मात्रालाई लिएर हाल यकिन तथ्याङ्क सार्वजनिक नभएको स्थिति छ । विशेषगरी, कालो ढुसीले मधुमेहका रोगीहरुलाई बढी आक्रमण गर्ने गरेको स्वास्थ्यविद्हरु बताउँछन् । यसले आँखा, नाक र पूरै अनुहारलाई क्षति पु¥याउन सक्ने र शरीरलाई प्रत्यक्ष असर पु¥याई ज्यानैसमेत लिन सक्ने विभिन्न रिपोर्टहरुले जनाएका छन् । खासगरी, यो रोग लागेका रोगीहरुमा आँखाको ज्योति गुम्ने र नाक बाङ्गो हुने लक्षण देखिएको छ । हाल कालो ढुसीबाट खासगरी ४५ देखि ६५ वर्ष उमेर समूहका बिरामीहरु प्रभावित भएको पाइएको छ, जसमा अधिकांश रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु छन् । मधुमेहलाई नियन्त्रण गर्न सकिएको खण्डमा कालो ढुसीलाई धेरै हदसम्म रोकथाम गर्न सकिन्छ, यद्यपि शरीरमा रोगप्रतिरोधात्मक अवस्थालाई बढवा दिन सक्ने हो भने कालो ढुसीले सहजै आक्रमण गर्न सक्दैन । जथाभावी औषधिको प्रयोग पनि यो रोग बढ्नमा कारक रहँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना महामारीजत्तिको चिन्ताजनक अवस्था कालो ढुसीले नल्याएको जनाउ दिइरहँदा स्वास्थ्य सुरक्षालाई लिएर कमजोरी वा गल्ती केही भएको खण्डमा कोरोना महामारीसरह नै यसले आउँदा दिनहरुमा भोलि विकराल रुप नलेला भन्न सकिँदैन । पूर्वतयारीस्वरुप पनि नियन्त्रणभन्दा बाहिर नगैसकेको अवस्थामा अहिले नै कालो ढुसीको औषधि उपचारमा हेलचेक्र्याइँ नगर्नु नै बुद्धिमानी ढहर्छ । महामारी कहिले र कतिखेर आउँछ भन्नेबारेमा थाहा नभएझैँ कालो ढुसी पनि अकस्मात् देखा परेको नयाँ रोगको स्वरुपमा प्रकट भएको छ । यो रोगको उपचार र रोकथामका लागि नयाँ ढङ्गले स्वास्थ्य संयन्त्रहरुलाई परिचालन गर्नुपर्ने अहिलेको आवश्यकता हो । कालो ढुसीले महामारीको रुप नलिँदै स्वास्थ्यसँग सरोकार राख्ने स्वास्थ्य मन्त्रालयदेखि विभिन्न स्वास्थ्यसंस्थाहरुको सक्रिय पहल आजको आवश्यकता पनि हो ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया