क्लिनिक नेपालद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

अन‌ि यो पनि

मेघौली । पश्चिम चितवनको भरतपुर–२७, मेघौलीमा रहेको क्लिनिक नेपालले भरतपुर क्यान्सर अस्पताललाई ६ सेट प्यासेन्ट मनिटर हस्तान्तरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने र जिल्ला स्वास्थ्य प्रमुख दीपक तिवारीको रोहवरमा संस्थाका संस्थापक अध्यक्ष हरि भण्डारीले अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमलाई करिब ५ लाख मूल्यबराबरको सामग्री हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा सञ्चालित १४० शøयाको कोभिड वार्डमा साबिक ६ वटामात्रै मनिटर रहेकोमा सिकिस्त बिरामीहरुलाई लक्षित गरी थप ६ सेट मनिटर निःशुल्क उपलब्ध गराइएको क्लिनिक नेपालका संस्थापक अध्यक्ष भण्डारीले बताए । क्लिनिक नेपालले मुलुकमा कोरोना महामारी सुरू भएदेखि नै यसको रोकथामका निम्ति विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको उनले बताए ।

संस्थाले क्यान्सर अस्पताललाई यसअघिसमेत नेबुलाइजर, अक्सिमिटर, स्यानिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क, थर्मामिटर, फेससिल्ड, पिपिईलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको भण्डारीले जानकारी दिए ।

यस्तै, क्लिनिकल नेपालले भानु–१० स्थित नगरस्तरीय अस्पताल, स्वास्थ्यचौकी र रुपाकोट स्वास्थ्यचौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । उक्त सामग्री नगरप्रमुख उदयराज गौलीलाई हस्तान्तरण गरिएको व्यवस्थापक सुमन पौडेलले बताए ।

क्लिनिक नेपालले वरिष्ठ जनस्वास्थ्य प्रशासक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, डिपिएचओ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय चितवनमा सबैका लागि चितवन जिल्लाको महानगरपालिका, नगरपालिका र ग्रामीण नगरपालिकाका स्वास्थ्य विभागहरुमार्फत बिभिन्न सार्वजनिक प्राथमिक स्वास्थ्यचौकीहरु, केयर केन्द्रहरु र अस्पतालका अग्रणी स्वास्थ्यकर्मीहरुका लागि नेबुलाइजर, अक्सिमिटर, स्यानिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क, थर्मामिटर, फेससिल्ड, पिपिईलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको व्यवस्थापक पौडेलले जानकारी दिए ।

कोभिडको दोस्रो संस्करणले नेपालमा स्वास्थ्य सङ्कट ल्याइरहेकोले क्लिनिक नेपालले मुख्यतया स्वास्थ्य क्षेत्र र फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई सहयोग पुर्‍याउने कुरामा केन्द्रित रही १० अक्सिजन सिलिन्डर, अक्सिजन फ्लो मिटर र १० अक्सिजन मास्क पश्चिम चितवनको शारदानगर कोभिड अस्पताल सञ्चालनका लागि हस्तान्तरण गरेको उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...