मध्यविन्दु नगरपालिकाका पेशागत संगठन नगर शिक्षा ऐनको विरोधमा

अन‌ि यो पनि

-रामकुमार श्रेष्ठ

नवलपुर, २६ जेठ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको पेशागत संगठनहरु नगरपालिकाले ल्याएको नगर शिक्षा ऐनको विपक्षमा उभिएका छन् ।

मध्यविन्दु नगरपालिकाभित्रका पेशागत शिक्षक संगठनहरुले बुधबार मध्यविन्दु नगरपालिकाको शिक्षा शाखामा ज्ञापनपत्र बुझाएर नगरपालिकाले ल्याएको नगर शिक्षा ऐनको विरोध गरेको हो ।

नगर शिक्षा समितिबाट पारित नगर शिक्षा ऐन २०७८ माथि असन्तुष्टि जनाउँदै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा नगर शिक्षा ऐन २०७८ का मुख्यतः ४ बुँदामा असहमति रहेको भन्दै सुझावसमेत पेश गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन मध्यविन्दुका अध्यक्ष लेखराज भण्डारीले बताए ।

संगठनका तर्फबाट सुझाव संकलन माग गरिएका कारण सुझाव पेश गरिए पनि कुनै पनि सुझावको मनन नगरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन मध्यविन्दु नगर समिति र एकीकृत अखिल नेपाल शिक्षक संगठन मध्यविन्दु नगर समितिले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै ज्ञापनपत्र बुझाएको उनले बताए ।

‘शिक्षा ऐनको दफा १७ को उपदफा १ मा व्यवस्था भएको सामुदायिक विद्यालयको प्रधानाध्यापकसम्बन्धी व्यवस्थाका सम्बन्धमा संघीय शिक्षा ऐन नआउँदासम्मका लागि विद्यमान शिक्षा नियमावलीको प्रतिकुल हुने गरी व्यवस्था गरिएको हुँदा संगठनको असहमति रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, सामुदायिक विद्यालयका प्रधानाध्यापकसम्बन्धी व्यवस्था, विद्यालय व्यवस्थापन समिति गठन तथा मध्यविन्दु नगर शिक्षा ऐन २०७८ लाई नगर कार्यपालिकाबाट पारित गर्नुभन्दा पहिले संगठनले दिएका सुझाव संशोधन गर्न अनुरोध गरिएको छ ।

उनीहरुले जबर्जस्ती नगर शिक्षा ऐन पारित गरिए कानुनी उपचार खोज्दै नगरपालिकालाई शिक्षा ऐन लागू गर्न असहयोग गर्ने चेतावनीसमेत दिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन मध्यविन्दुका अध्यक्ष सुन्दर खनालले बताए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया