सुनको तस्करी अन्त्य गर्न कोटा प्रणाली बन्द गर्नुपर्छ : पूर्वमन्त्री विश्वकर्मा

अन‌ि यो पनि

भरतपुर, २६ जेठ । सुनको तस्करी अन्त्य गर्नका लागी सुनको कोटा प्रणाली बन्द गरिनुपर्ने पूर्वमन्त्री तथा सभासद् मिनबहादुर विश्वकर्माले बताएका छन् ।

बुधबार विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल, केन्द्रीय समिति चितवनको आयोजनामा सञ्चालन भएको भर्चुअल अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री विश्वकर्माले सो कुरा बताएका हुन्। उनले सुनचाँदी विक्री वितरण खुल्ला नगरेसम्म व्यवसायीहरूका समस्याहरू समाधान नहुने बताएका छन् ।

त्यस्तै, सुनचाँदी क्षेत्रकै प्रमुख नेतृत्वहरूका कारण सुनचाँदीको कोटा प्रणाली अन्त्य नभएको उनले बताएका छन् । कोटा प्रणाली अन्त्यको सवालमा सुनचाँदी व्यवसायी महासंघहरूका केन्द्रीय अध्यक्षहरू पनि सकारात्मक नभएका कारण निम्नवर्गीय व्यवसायीहरूले समस्या भोग्नुपरेको उनको धारणा रहेको छ। उनले सरकारी तहबाट नै सुनचाँदी प्रशिक्षण तालिम केन्द्रको अवधारणा ल्याउन पहल गर्ने आश्वासन दिएका छन्।

उनले केपी ओलीको सरकारले सुनचाँदी व्यवसायीहरूको समस्याहरू समाधान गर्न नसकेको आरोप लगाएका छन्। उनले सरकार अस्थिर रहेमा मात्र सुनचाँदी व्यवसायीहरूको अधिकारहरू सम्बोधन हुने व्यङ्ग्यात्मक धारणा राखेका छन्।

उनले सञ्जाललाई शिपकला, पेशा व्यवसाय संरक्षण गरौं, जातीय विभेद अन्त्य गरौं भन्ने नाराका अग्रसरता रहन अनुरोध समेत गरेका छन्। सञ्जालको हरेक गतिविधिहरूमा आफ्नो प्रत्यक्ष सहभागिता र समर्थन रहने उनले बताएका छन्।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया