पिठुवाका अतिविपन्न २२ परिवारलाई खाद्यान्न वितरण

अन‌ि यो पनि

रत्ननगर, २६ जेठ । निषेधाज्ञाका कारण समस्यामा परेका रत्ननगर नगरापलिका–१४, १५ र १६ का अति विपन्न २२ परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी पिठुवा उपशाखाले बुधवार आफ्नै भवनमा कार्यक्रम गरी प्रति परिवार २५ किलो चामल, नुन, प्याज लगायत खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, रत्ननगर नगरपालिका–१४ का अध्यक्ष हरिकुमार श्रेष्ठ, वडा नम्वर १५ का अध्यक्ष हुमनाथ लामिछाने र वडा नम्बर १६ का अध्यक्ष हेमराज थापाले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले महामारीको समयमा राहत वितरण जस्तो मानविय कार्यक्रम हुनु असाध्यै सकारात्मक पक्ष रहेको बताए ।

कार्यक्रममा रेडक्रस पिठुवा उपशाखाकी सल्लाहकार रमा बस्नेत, सामाजिक व्यक्ति जयन्द्र कुँवर, वडा सदस्यहरु गिता दाहाल, शुशिला परियार, रुकमाया परियार, क्रान्तिकारी महिला संगठन, चितवनकी अध्यक्ष संगिता भट्टराई, भवन निर्माण समित सदस्य एवं कोषाध्यक्ष नर्मदा अधिकारी, सामाजिक अभियान्ता नशिव कृष्ण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । उपशाखाका सभापति कमल चन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामहरि भण्डारीले संचालन गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

देउखुरी । घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया