चितवनमा असार ३ सम्म निषेधाज्ञा, के के खुल्ने?

अन‌ि यो पनि

भरतपुर, २६ जेठ । चितवनमा असार ३ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाइएको छ । चौथो पटक थपिएको निषेधाज्ञा जेठ २७ गते राति १२ बजे सकिँदै थियो ।

जेठ २७ गते राति १२ बजेदेखि असार ३ गते राति १२ बजेसम्म लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय चितवनले पाँचौ पटक निषेधाज्ञा थप गरेको हो । थप भएको निषेधाज्ञा सामान्य खुकुलो बनेको छ ।

अब बैंक, वित्तिय संस्था तथा सहकारीहरु न्युनतम कर्मचारीहरु खटाई तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी दैनिक रुपमा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

स्वास्थ्य सुरक्षा पालना गरी पाठ््य पुस्तक विक्री गर्ने पसलहरु पनि सञ्चालन गर्न पाइने प्रजिअले जारी गरेको निषेधाज्ञा सम्बन्धि आदेशमा उल्लेख गरिएको छ ।

खाद्यान्न, तरकारी, फलफुल, माछा÷मासु, दूध डेरी लगायतका अत्यावश्यक सामग्री विक्री गर्ने पसलहरु दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुन पाउने छन् ।
यसअघि हप्ताको तीन बार तीन घण्टा मात्रै पसलहरु सञ्चालन हुने गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया