आफ्ना कर्मचारीलाई कोरोना खोप उपलब्ध गराउन सिएमसीको आग्रह

अन‌ि यो पनि

भरतपुर, २६ जेठ । कोरोना खोपबाट बञ्चित भएका आफ्ना कर्मचारीहरुलाई खोप उपलब्ध गराउन चितवन मेडिकल कलेज (सिएमसी)ले स्वास्थ्य कार्यालय चितवनलाई आग्रह गरेको छ ।

अस्पतालमा थप भएका प्राविधिक तथा अप्राविधिक (डाक्टर, नर्स, प्यारामेडिक, विद्यार्थी र एटेन्डेन्ट) कर्मचारीका लागि खोप व्यवस्था गर्न सिएमसीले स्वास्थ्य कार्यालयलाई पत्र पठाएर आग्रह गरेको हो ।

अस्पतालमा स्नातकोत्तरमा अध्ययनका लागि आएका डाक्टरहरु समेत कोरोना संक्रमितको उपचारमा खट्नुपर्ने भएकाले खोप उपलब्ध गराइदिन भनिएको सिएमसीका एकेडेमिक डाइरेक्टर प्राडा गोपेन्द्र प्रसाद देवले बताए ।

यसअघि सिएमसीमा काम गर्दै आएका डाक्टर तथा कर्मचारीहरुले पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन् ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया