तोकिएको उमेर समूहलाई पनि दिइएन कोरोना खोप

अन‌ि यो पनि

भरतपुर, २६ जेठ । सरकारले विंस. २०१३ जेठ २५ गतेदेखि विस. २०१६ जेठ २५ गतेसम्म जन्म भएका ज्येष्ठ नागरिकलाई मंगलबारदेखि कोरोनाको पहिलो मात्राको खोप लगाउन सुरु गरेको छ । चितवनमा उक्त समयमा जन्म भएका ६२, ६३ र ६४ वर्षका व्यक्तिलाई जेठ २५, २६ र २७ गते चिनियाँ भेरोसेल खोप लगाइँदै छ ।

स्वास्थ्य कार्यालय चितवनले भने तोकिएको उमेर समूहका ज्येष्ठ नागरिकलाई समेत कोरोना खोप नदिएको पाइएको छ । मंगलबार खोप लगाउन स्वास्थ्य कार्यालय गएका भरतपुर महानगरपालिका–१० का कृष्ण प्रसाद तिवारीले खोप नै लगाउन पाएनन् । विस. २०१३ सालमा जन्मिएका व्यक्तिले खोप नपाउने भनिएपछि दुई घण्टा लाइनमा बसेर फर्किएको उनले गुनासो गरे ।

‘२०१३ सालमा जन्म भएकाले नपाउने भनेपछि दुई घण्टा लाइनमा बसेर त्यसै फर्किएर आए’, उनले भने, ‘मेरो पुख्र्यौली घर भरतपुर १५ हो । अब त्यहि गएर खोप लगाउछु । पाइएछ भने भैहाल्यो नभए यत्तिकै बस्नुपर्ला ।’
खोप लगाउन जाँदा उनले मतदाता परिचय पत्र लिएर गएका थिए । मतदाता परिचय पत्रमा उनको जन्म स्पष्ट रुपमा विस. २०१३ भदौ ३ गते भएको उल्लेख छ । उनी ६५ वर्ष पुग्न अझै तीन महिना बाँकी छ ।

त्यसो त अघिल्लो पटक ६५ वर्ष नपुगेका तर अहिले ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकहरु पनि खोपबाट बञ्चित भएका छन् । ६४ वर्ष पुरा भएर एक महिना मात्रै नाघेका भरतपुर–१० कै युवाराज अधिकारीले पनि मंगलबार खोप लगाउन पाएनन् ।

‘यो व्यवहारीक निर्णय भएन । यसरी त हामिलाई अन्याय भयो’, उनले भने, ‘खोप लगाउन नपाएपछि मैले वडाध्यक्ष लगायतलाई फोन गरे । त्यसपछि आज (बुधबार) लगाउन पाउनुहुन्छ भन्नुभएको छ । आज फेरि जाँदै छु ।’ एक÷दुई महिना मात्रै नाघेका थुप्रै ज्येष्ठ नागरिकहरुले खोप लगाउन नपाएर त्यसै फर्किएको उनले बताए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने यस विषयमा सम्बन्धित स्थानीय तहको जनस्वास्थ्य शाखामा सम्पर्क गर्नुपर्ने बताए । खोपका लागि आफुले समन्वय मात्रै गरिदिएको उनले बताए ।

मंगलबार कर्मचारीहरुमा स्पष्टता नहुँदा केहि व्यक्तिहरु फर्किनु परेको भरतपुर महानगरको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले बताए । बुधबार देखि २०१३ सालको जुनसुकै महिनामा जन्मिएका व्यक्तिलाइ पनि खोप लगाइएको उनले बताए ।

सरकारले यसअघि ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाइसकेको छ । ६२, ६३ र ६४ वर्षका ज्येष्ठ नागरिकलाई पहिलो मात्राको खोप लगाउन चितवनमा ११ हजार डोज खोप आएको छ । खोप लगाउन जिल्लामा ७९ वटा खोप केन्द्र तोकिएको छ । मंगलबार दुई हजार ८६ जना ज्येष्ठ नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया