धादिङ । एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ’ले डा. बाबुराम भट्टराई पक्षका नेतालाई पार्टी नीति अनुरुप नै कारबाही गरिएको बताएका छन् । पार्टीको आन्तरिक प्रशिक्षणका लागि मंगलबार धादिङबेसी पुगेका पुनले पत्रकारहरुसँग कुरागर्दै पार्टी नीतिविपरीत गतिविधि गर्ने जोकोहीलाई कारबाही हुने चेतावनी दिए ।
पार्टीमा गुटवन्दी गर्दै जिल्लाहरुमा समानान्तर कमिटी बनाउँदै हिँड्ने केन्द्रीय नेतालाई कारवाही हुने उनको भनाइ छ । ‘स्पष्टीकरणपछि पार्टीको नीतिअनुसार नै कारवाही गरिएको हो, पुनले भने, ‘पार्र्टी पद्दतिमा नचले जोकोहिलाई कारवाही हुन्छ ।’ स्थायी समितिबाट हटाइएका टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलको ठाँउमा केन्द्रीय समितिमा छलफल गरेर अन्यलाई ल्याउने या पुरानैलाई कायम गर्ने भन्ने विषयमा निर्णय नभइसकेको उनको भनाइ छ ।
भट्टराई पक्ष अनुपस्थित एमाओवादी स्थायी कमिटीको बैठकले सोमबार पार्टी नीतिविपरीत काम गरेको भन्दै नेताद्वय गंगा श्रेष्ठ र रामरिझन यादवलाई एक महिनाको लागि केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो । यस्तै टोपबहादुर रायमाझीलाई सचिव पदबाट हटाएको थियो ।
Discussion about this post