भरतपुर । अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटीले भेलाको आयोजना गरी मंगलबार आयोजक समिति गठन गरेको छ । लामो समयसम्म हुन नसकेको अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटीको सम्मेलनलाई सफल पार्न अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटीका अध्यक्ष सुविन न्यौपानेको संयोजकत्वमा २४ सदस्यीय आयोजक समिति गठन भएको छ ।
भेलाले अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटीका पूर्वसंयोजक एवं बालकुमारी क्याम्पसका स्ववियु उपसभापति अरूणकुमार श्रेष्ठ अष्ट्रेलियास्थित नेकपा एमालेको भिक्टोरिया राज्य समिति सदस्यमा चयन हुनु भएकोमा कार्यकालको शुभकामनासमेत व्यक्त गरेको छ । सम्मेलनलाई सफल गर्नका निम्ति अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटीले कमल तिवारी, अनन्त अधिकारी, अमित आचार्य र प्रातः रश्मि लम्साल रहने गरी ४ जना सदस्यलाई कमिटीमा मनोनयन गरेको छ ।
त्यस्तै भेलामा बोल्दै आयोजक समितिका संयोजक सुविन न्यौपानेले तीन महिना भित्र सम्मेलन गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
Discussion about this post