हेटौँडामा रोकियो कोभिड–१९ विरुद्धको भेरो सेल भ्याक्सिन

अन‌ि यो पनि

-अमृत चिमरिया

हेटौँडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट सञ्चालन हुने भनिएको कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ रोकिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले खोप लगाउने विषय अन्योल भएको कारण खोप रोकिएको बताउँदै पत्रकार सम्मेलन गरेर मात्रै खोप लगाउने बताए ।

आजबाट सुरु हुने भनिएको खोप लगाउन सुरु हुने अन्तिम समयमा रोकिएको हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड फोकल पर्सन भोला चौंलागाईंले जानकारी दिए । उनले अर्को सूचना जारी नभएसम्मको लागि खोप अभियान स्थगित भएको जानकारी दिए ।

यो विषयमा हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरु, उपमेययरले समेत अन्योलमा रहेको बताए । हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रमन झाले खोप प्राविधिक कारणले रोकिएको भन्दै अहिले बैठक जारी रहेको बताए ।

खोप लगाउनको लागि हेटौंडाका १९ वटै वडामा खोपका लागि टोली परिचालन भइसकेको थियो । हेटौंडाका दुई वटा वडामा खोपसहित गाडीसमेत पठाइएको थियो । खोप केन्द्रमा आएका उक्त उमेर समूहका मानिसहरु केही फर्किसकेका छन भने केही कुरेर बसिरहेका छन् ।

६ हजार ५ सय डोज भेरो सेल

मकवानपुरको लागि कोरोना भाइरसविरुद्ध ६ हजार ५ सय डोज भेरोसेल खोप आएको छ । चीनबाट आएको कोरोना भाइरसविरुद्धको भेरो सेल खोप स्वास्थ्य मन्त्रालयबाट मकवानपुरको लागि ६ हजार ५ सय आएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको ।

मकवानपुरको लागि आएको खोप जिल्लाभित्रका हेटौंडा बाहेक अन्य स्थानीय तहमा ६२ वर्ष देखि ६४ वर्षसम्म उमेर समूहकालाई पहिलो डोज लगाउने सुरु भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी एवम् जनस्वास्थ्य निरिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

उनले भने ‘जिल्लाका १० वटै स्थानीय तहले आजबाट कोरोना विरुद्ध ६२ वर्ष देखि ६४ वर्ष भित्रका उमेर समूहकालाई भेरोसेल खोप लगाउने भनेर खोप लगिसकेका छन्, लगाउने जिम्मा स्थानीय तहको हो अन्य विषय हामीलाई थाहा हुँदैन ।’

बागमती गाउँपालिकाले मंगलबार हिजैबाट खोप लगाउन सुरु गरिसकेको छ । घिमिरेका अनुसार जिल्लाको १० वटै सबै स्थानीय तहहलाई भेरोसेल खोपको पहिलो डोज बाँडिएको छ । जसमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाले २ हजार ७ सय डोज खोप प्राप्त गरेको छ ।

त्यसैगरी थाहा नगरपालिकाले ६ सय ८५ डोज,मनहरी गाउँपालिकाले ५ सय ३९,बकैया गाउँपालिकाले ४ सय ८६ डोज,बामगती गाउँपालिकाले ४ सय ३४ डोज,मकवानपुगढी गाउँपालिकाले ३ सय ९३ डोज,भीमफेदी गाउँपालिकाले ३ सय ९३ डोज,कैलाश गाउँपालिकाले ३ सय ७८ डोज, राक्सिराङ गाउँपालिकाले २ सय डोज,इन्द्रसरोबर गाउँपालिकाले १ सय ९२ डोज खोप प्राप्त गरेको छ ।

२१ हजारले लगाए कोभिसिल्डको पहिलो डोज

यसअघि जिल्लामा भारतबाट आएको कोभिसिल्ड २१ हजार ४ सय ३ जनाले पहिलो डोज र ६ हजार २ सय ४१ जनाले दोस्रो डोज खोप लगाएका छन् । हाल जिल्लामा  कोभिशिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहनेको संख्या १५ हजार १६२ रहेको छ ।

भारतमा कोरोना संक्रमण बढेपछि भारत सरकारले आफ्नै देशका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर नेपाललगायतका देशलाई खोप वितरणमा रोक लगाएको कारण दोस्रो डोज आउन नसकेको हो । खोपको लागि पहल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

निषेधाज्ञा खुकुलो भएसँगै गाँजाको ओसारपसार बढ्यो

–अमृत चिमरिया हेटौँडा । मकवानपुर लागूऔषध गाँजा उत्पादनको हब मानिने जिल्ला हो । मकवानपुरको कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिकाका क्षेत्रमा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया