स्वस्थ रहन बदलौँ सोच र व्यवहार

अन‌ि यो पनि

–रामचन्द्र उप्रेती

कोभिड–१९ अर्थात् कोरोना भाइरसको महामारी सुरू भएपछिका दिनमा विश्वभरि नै ठूलो धनजनको क्षति भएको छ । विज्ञानले गरेका चमत्कारिक उपाय र उपलब्धिहरुले कोरोना महामारीलाई रोक्न सकेन । शक्तिसम्पन्न राष्ट्रहरु नै हायलकायल भए । यो लेख तयार पार्दासम्म विश्वमा ३७ लाख ५० हजारभन्दा बढी मानिसले कोरोनाको कारण ज्यान गुमाएको आधिकारिक तथ्याङ्क छ, तर योबाहेक पनि कोरोनाको कारण ज्यान गुमाउने योभन्दा धेरै भएको अनुमान स्वयं विश्व स्वास्थ संगठनले गरेको छ । कम विकसित, सघन जनसङ्ख्या, कमजोर स्वास्थ्य सुरक्षा, कमजोर तथ्याङ्क र अन्धविश्वासले भरिपूर्ण समाजमा मृत्युको सङ्ख्या झन् धेरै हुने नै भयो । भारतमा मात्रै अहिलेसम्म तीन लाख ५१ हजारभन्दा बढी मानिस कोरोनाले मरेको भन्ने सरकारी आँकडा छ, तर अन्य आँकडाका कारण सात लाखभन्दा बढी मानिसको मृत्यु कोरोनाको कारण भएको अनुमान गरिँदैछ ।

नेपालमा पनि स्वास्थ्य सुरक्षाको प्रबन्ध खासै राम्रो छैन । एउटा कमजोर आर्थिक अवस्था भएको अविकसित मुलुकमा जे–जे हुन्छ त्यो नेपालमा पनि भएको छ । कोरोनाको दोस्रो लहर पहिलोभन्दा भयानक भएर देखा परेको छ । सुरूमा यसलाई केही दिन वा हप्ताको निम्ता नदिएको र मन नपराएको पाहुनाजस्तो ठानिएको थियो । तर, यो त वर्षौंसम्म सताउने र झन्झन् बलियो हुँदै ज्यानै लाने खालको अवस्थामा विकसित भइरहेको छ । यस्तोमा हामीले कोरोनासँगै बाँच्ने, जिउने अभ्यास गर्नुपर्ने देखिन्छ । यस्तो नहोस् तर भयो भने जस्तो कि कोरोना पटकपटक आइरह्यो, अझ खतरनाक हुँदै आयो, हावाबाट पनि सर्न सक्ने क्षमता विकास गरेर आयो भने के गर्ने ? केही समय निषेधाज्ञा गरेर घरमै बसेका छौँ । सबैका कामधन्दा, व्यापार व्यवसाय ठप्प भएको छ । केही दिन, हप्ता वा महिना त यसरी पनि चल्न सक्ला, तर सधैँ यसरी चल्दैन । त्यसो भए के गर्ने ? हो, यसबारेमा पनि चिन्तन गर्न जरूरी भएको छ । अहिले प्रयोग गरेका सुरक्षात्मक उपायहरु मास्क, स्यानिटाइजर, साबुनपानीले पटकपटक हात धुने, व्यक्तिव्यक्तिमा दूरी कायम गर्ने, भीडभाड नगर्ने केही उपायहरु हुन् । सायद अब यतिले मात्रै पुग्दैन, योभन्दा बढी पनि केही सोच्नुपर्छ ।

कोरोना लाग्दैमा मरिँदैन, तर कोरोनाले मर्न सकिन्छ । यसबाट सिक्नुपर्ने कुरा भनेको कोरोना लाग्दा घरमै बसेर निको हुन सक्छ, चिकित्सकको सल्लाह र सुझाव चाहिन्छ, अस्पतालको सेवा लिनुपर्ने हुन सक्छ, आइसियू र भेन्टिलेटर नै चाहिन सक्छ । यति सबै हुँदाहुँदै पनि केहीलाई बचाउन सकिँदैन । मर्नेमा आपैmँ र आपूmले अत्यन्तै माया गरेका, आफ्नो जीवनका लागि एकदमै मह¤व राख्ने मानिस पनि हुन सक्छन् ।

मानिसको स्वभाव कस्तो देखियो भने आपूmलाई रोगले नसताउँदासम्म हामीलाई रोग लाग्न सक्छ र त्यसबाट बच्नुपर्छ भन्ने सोच आउँदैन रहेछ । यो मेरो आफ्नै पनि अनुभूति हो । मानिस जब ४० वर्ष पार गर्छ तब स्वास्थ्य समस्या हुन सक्ने खतराको ‘जोन’मा प्रवेश गरेको हुन्छ । जतिजति उमेर बढ्दै जान्छ रोगले लक्षण देखाउने र सताउने क्रम बढ्दै जान्छ । कोरोनाको पहिलो लहरमा लगभग सबैजसो रोगी मानिसलाई यसले अल्लि बढी नै दुःख दिएको र मृत्युको मुखमा पु¥याएको अनुभव सबैमा छ । तर, दोस्रो लहरमा युवा र स्वस्थ देखिएका मानिसलाई पनि मृत्युको मुखमा पु¥याए पनि त्यो कम प्रतिशत हो र मृत्यु हुने धेरैजसो दीर्घरोगीहरु नै छन् । यस्तो हुनुको कारण भनेको हाम्रो शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधी क्षमतामा निर्भर देखिएको पाइन्छ । डा. योगी विकासानन्दले एउटा कार्यक्रममा भन्नुभयो– ‘कोरोना समस्या होइन, समस्या हाम्रो रोगप्रतिरोधी क्षमता कम हुनु हो ।’ यो भनाइमा सत्यता छ ।

कोरोनाले मात्रै होइन हरेक किसिमका रोगले कमजोर शरीरलाई नै बढी क्षति पु¥याउने हो । त्यसैले, अब मानिसले आफ्नो शरीरको रोगप्रतिरोधी क्षमता (इम्युनिटी पावर) बढाउनुपर्छ । शरीरको प्रतिरोधी क्षमता बढाउने भनेको एलोपेथिक दबाईले खाएको केही घन्टाभित्र काम सुरू गरिहाल्नेजस्तो हुँदैन । यो एउटा निरन्तर चल्ने लामो प्रक्रिया हो । यस्तो प्रक्रिया नियमित अपनाउँदा नै शरीरको रोगप्रतिरोधी क्षमता मजबुत रहन्छ । एक हिसाबले हामी आफ्नो शरीरमा भएको प्रतिरोधी क्षमता जुन प्राकृतिकरुपमा नै हुन्छ त्यसलाई पनि बिगारिरहेका हुन्छौँ । जस्तैः हामीले नियमित खानेकुरालाई बढी नै स्वादिलो र छिटोछरितो, कम झन्झटिलो एवं सुविधायुक्त बनाउने नाममा त्यसलाई बिगारेर खान्छौँ । धेरै खानेकुराबाट फाइबर हटाउने गर्छौं । यसले पेटमा समस्या पैदा गर्दछ । स्वादका लागि बढी गुलियो र नुनिलो खानेकुरा प्रयोग गर्छौैं । श्रमलाई हेलाँ ग¥यौँ र श्रमबाट टाढिन थाल्यौँ, यसले शरीर कमजोर भयो । जानेर वा नजानेर जीवनशैली अस्वस्थकर बनाउँदै लग्यौँ । राति अबेरसम्म जागा रहने, बेलुकाको खाना ढिलो खाने, खाना खानेबित्तिकै सुत्ने, बिहान ढिलो उठ्ने, उठ्नेबित्तिकै दूध र चिनी भएको चिया लगभग बिस्तरामा नै खाने, खानामा शुद्धता नहुने, पत्रु खानाको मात्रा बढ्दै जाने, सामान्य रोग लाग्दा पनि च्वाट्टै निको हुने भनेर कडा औषधिको भर पर्न थाल्यौँ । आधुनिक जीवनशैलीले भौतिक सुविधा त थप्यो, भोग्यौँ तर मानसिक शान्ति हराउँदै गयो र मानिस सबैथोक भएर पनि तनावमा बाँच्न थाले । तनावले पनि शरीरलाई कमजोर बनायो । यस्ता अनेक कारणले हाम्रो शरीरमा रोगप्रतिरोधी क्षमताको क्षय हुन पुग्यो र सामान्य रोग लाग्नेबित्तिकै शरीर हायलकायल हुने अवस्थामा पुग्यो ।

तपाईं हामी सबैसँग अहिले टेलिभिजनको पहुँच छ । म तपाईंहरुसँग एउटा सानो निवेदन गर्छु, त्यो टेलिभिजनमा आएका विज्ञापनमध्ये खाने–पिउने सामग्रीका विज्ञापन हेरौँ । त्यसमा हाम्रो स्वास्थ्यलाई फाइदा हुने कुन–कुन वस्तुको विज्ञापन आउँछ ? हामी र हाम्रा नानीहरु तिनै विज्ञापन हेरेर धारणा बनाउँछौँ । हाम्रा नानीहरु पढ्ने स्कुलका नजिकमा कस्ता खाद्यवस्तु बिक्रीका लागि राखिएका छन् र ती कत्तिको स्वास्थ्यवर्धक छन्, के यसबारेमा हामीले कहिल्यै सोचेका छौँ ? त्यस्ता पसलमा पाइने धेरै खाद्यवस्तुमा कि नुनिलो हुन्छ कि गुलियो, जसले बालबालिकालाई बढी आकर्षण गर्छ । त्यसरी नै बजारमा हामीले खाने गरेको खाजामा मैदा, चिनी र अधिक नुन नभएको खाना कति पाइन्छ ? पटकपटक एउटै तेलमा तारेको र भुटेको खाद्यवस्तु निकै हानिकारण हुन्छ भनेर कहिल्यै सोच्यौँ ? चिसो पेय, जुस, इनर्जी ड्रिङ्स आदिमा पाइने के हो ? हामी अधिक मात्रामा तिनै वस्तु खाने र खुवाउने गर्छौं । श्रमबिनाको अधिक पोषणयुक्त खाना (माछा, मासु, अण्डा, गेडागुडी, घिउ, पनिर, दूध आदि) खास उमेरपछि रोगको कारण बन्न सक्छ । बजारमा पाइने फलपूmल, तरकारी, खाद्यान्न आदिमा विषादीको मात्रा अधिक भएका कारण समस्या थपिने गरेको छ । यी सबैले हाम्रो शरीरमाथि नै अन्याय गर्ने हो । हामीलाई लाग्छ, बिरामी भए त अस्पताल र डाक्टर छन् नि । हो, छन् र निको पनि होइएला, तर शरीर दबाईको टेकोले चल्ने अवस्थामा पुगेपछि कुनै एक टेको खुस्किनेबित्तिकै फेरि अर्को समस्या थपिन्छ ।

तीस–चालीस वर्ष पहिले अर्थात् तीस–चालीसको दशकमा मधुमेह, मुटुको रोग, क्यान्सरजस्ता घातक रोग अपवादको रुपमा मात्रै भेटिन्थ्यो । तर, आज ती साह्रै कमन भएका छन् । यसको एउटै कारण हो, हाम्रो जीवनशैली र खानपानमा आएको परिवर्तन । पचास नाघेका धेरै मानिस भन्ने गर्छन्– पहिले खानै पुग्दैनथ्यो, अहिले खान पुग्ने त भयो तर शरीरले (डाक्टरले) नखा भन्छ । यो भन्नेहरु घट्नेभन्दा बढ्ने क्रम नै छ ।

अहिलेको यो अवस्थामा कोरोनाको महामारी थपियो । कोरोनाले भेटिहाल्छ कि भनेर जोगिँदैछौँ । कतिलाई भेटिरहेको छ । कतिलाई निलिरहेको छ । यसमा पनि के अनुभूति भएको छ भने जसलाई भेट्यो र कष्ट सहन बाध्य भए उनीहरुले चेतेका छन्, तर जसलाई भेटेको छैन उनीहरुलाई, हामीलाई अर्थात् मलाई कोरोनाले भेट्दैन भन्नेमा ढुक्कजस्तै छौँ । सोच्नु त यो पर्छ कि मबाहेक सबैलाई कोरोना छ, म जोगिनुपर्छ वा मलाई कोरोना भइसकेको छ, मैले अरुलाई कोरोना सार्न हुँदै हुँदैन । कतै मेरो असावधानीले अरुमा कोरोना सरेछ भने मैले ठूलो गल्ती गरेको हुनेछु भन्ने बोध हुनुप¥यो ।

अब मास्क, स्यानिटाइजर, साबुनपानी, सामाजिक दूरी, निरन्तर घरको बासले मात्रै हामीलाई सधैँ सुरक्षित गर्न सक्दैन र यस्तो जीवन सधैँका लागि सहज पनि हुँदैन । रोग लागे अस्पताल छँदैछ, डाक्टर छन्, पैसा छ, अहिलेलाई मन लागेको खाऔँ, गरौँ भन्ने अवस्थाको अन्त्य गरेर फाइदाजनक आहार, नियमित श्रम वा व्यायाम, तनावमुक्त दैनिकी र सरसफाइमा राम्ररी ध्यान दिन सके शरीरको रोगप्रतिरोधी क्षमता बढ्नेछ । यदि हामीमा प्राकृतिकरुपमै प्रतिरोधी क्षमता बढी भएमा कोरोनालगायतका रोगव्याधिहरुलाई जित्न सकिने छ । स्वस्थ जीवनका लागि रोग लागिहालेमा उपचार गरौँला नि भन्ने सोचभन्दा रोग नै लाग्न नदिने सोच र तदनुरुपको जीवनशैली आजको आवश्यकता हो ।

[email protected]

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...