राउटे युवतीमाथिको यौन हिंसा

अन‌ि यो पनि

लोपोन्मुख जातिका रुपमा रहेको राउटे समुदायका १९ र २३ वर्षका दुई युवतीलाई होटलमा लगी मदिरा सेवन गराएर यौन दुव्र्यवहार गरेको घटनाले अहिले सामाजिक सञ्जाल तात्न पुगेको छ । जेठ २१ गते राति सुर्खेतको गुर्भाकोट–९, बोटेचौरमा अवस्थित शुभकामना होटलमा दुई युवतीलाई लगी मदिरा खुवाएर खिचेको अश्लील भिडियो फेसबुकमा हालेपछि त्यस घटनाको अहिले सर्वत्र निन्दा भैरहेको छ । चमनसिंह घर्ती, भूपेन्द्र बुढा र मिलन पुनलाई युवतीहरुमाथिको यौन हिंसामा संलग्न रहेको आधारमा प्रहरीले पक्राउसमेत गरेको अवस्थामा त्यस घटनाप्रतिको थप अनुसन्धानले के भन्छ भन्नेबारेमा यतिखेर चासो हुनु अस्वाभाविक पनि छैन । आआफ्ना हकअधिकार कुण्ठित गरिएको भन्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अल्पसङ्ख्यक जातजातिहरु बेलाबेलामा देशभर आन्दोलनमा उत्रिने गरेको स्थितिमा अल्पसङ्ख्यकमध्ये पनि एउटा वर्गभित्र पर्ने राउटे समुदायका युवतीहरुमाथि गरिएको यौन दुव्र्यवहारले यतिखेर गम्भीर प्रश्नसमेत उठाउन पुगेको छ ।

कुनै पनि मञ्जुरीबिना नै कसैको पनि तस्बिर खिच्नु र भिडियो बनाउनु एकप्रकारको अपराध हो । अझ त्यसमा पनि सुनियोजितरुपमा अश्लील भिडियो नै बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्नु त गम्भीर अपराधकै श्रेणीमा पर्दछ । गलत नियत राखेर कसैलाई यातना दिनु र उसको इच्छाको विरूद्धमा कुनै ठाउँमा लिएर जानु वा मादक पदार्थ सेवन गराउँदै यौन दुव्र्यवहारमा सक्रिय रहनु पनि घृणित क्रियाकलापकै उपज हुन् । यस अर्थमा पनि युवतीहरुमाथि भएको उक्त यौन हिंसा जघन्य अपराध हो भन्नलाई हिच्किचाउन पर्दैन । राउटे युवतीहरुमाथि यौन हिंसा गरेर सामाजिक मर्यादामा खलल पु¥याउनेहरु अपराधी हुन् र ती सख्त कारबाहीको भागीदारसमेत छन् । आपराधिक चरित्र बोकेकाहरुलाई न्यायको कठघरामा उभ्याउनुपर्ने जरूरत छ ताकि यस्ता घटनाहरु आगामी दिनमा न्यूनीकरण हुँदै जान सकून् ।

मानवअधिकारको समेत खिल्ली उडाएको यो घटना एउटा प्रतिनिधि घटनामात्रै हो, यस्ता असङ्ख्य घटनाहरु देशका कुनाकाप्चामा घटित भैरहेका छन् । यस्ता धेरै घटनाहरु त कहिल्यै सार्वजनिक नै नभई गुमनाम बनेर ओझेलमा पर्ने गरेका छन् । अझ विगत केही समययता देश निषेधाज्ञाको सिक्रीमा बाँधिइरहेको अवस्थामा यौनजन्य कुकृत्यहरु बढ्दै गएको समेत पाइएको छ । यस्ता हरेक घटनाहरुले राज्यको कमजोर उपस्थितिलाई नै प्रमाणित गर्ने हुन् । राज्य जति मूकदर्शकरुपमा आफूलाई प्रस्तुत गर्दै जान्छ त्यति नै आपराधिक स्वरुप लिएका यस्ता घटनाहरुमा पनि बढोत्तरी हुँदै जान्छ । देशमा विगत केही समययता यौन हिंसा बढ्दै गएको, जबर्जस्ती करणीमा समेत असोचनीयरुपमा बढोत्तरी भैरहेको र त्यत्तिकै अनुपातमा मानव ओसारपसारका घटनाहरुमा समेत वृद्धि भैरहेको अवस्था छ । यस्ता प्रकृतिका घटनाहरुले समाजलाई बदनाममात्रै बनाइरहेका छैनन्, कानुनी राज्यको समेत खिल्ली उडाइरहेका छन् । यस्ता क्रियाकलापहरु अनियन्त्रितरुपमा बढ्नु भनेको राज्य कमजोर रहेको पुष्टि हुनु हो । चाहे कुनै पनि समुदाय र वर्गकै किन नहून्, महिलाहरुमाथि हुने यौनजन्य दुव्र्यवहारको जति निन्दा गरे पनि कम हुन्छ । कुनै पनि हिंसा मानवअधिकारविरोधी कर्म हो, अझ त्यसमा पनि यौन हिंसा त अपराधको जल्दोबल्दो नमुना नै रहेको हुँदा राज्य त्यसप्रति सख्तरुपमा प्रस्तुत हुनुपर्ने जरूरत छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया