मितेरी फाउन्डेसनद्वारा ७५ परिवारलाई खाद्य सामग्री वितरण

अन‌ि यो पनि

भरतपुर । जिल्लाको विकट पहाडी क्षेत्र राप्ती नगरपालिका–१३ का लोथरका विभिन्न गाउँमा मंगलबार मितेरी फाउन्डेसनले राहत वितरण गरेको छ ।

सीमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ बाहुल्य च्याउदिङ्ग, बान्द्राङ, सागम, रोबारी, चिसापानी र बाङ्सिलिङ गाउँका ७५ घर परिवारलाई खाद्य सामग्री सहयोग गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले केही दिनयता पहाडी क्षेत्रमा राहत अभियान सुरू गरेको छ ।

फाउन्डेसनका सल्लाहकार राजेश्वर खनालले राहत वितरण कार्यक्रमको आरम्भ गरे । चेपाङ समुदाय कोरोना र निषेधाज्ञाका बेलामा मर्कामा परेको हुँदा उनीहरुको अवस्था सुधार्न सरकारले विषेश ध्यान दिनुपर्ने उनले बताए । समुदाय तहबाट पनि सक्दो सहयोग आवश्यक गर्न अपिल गर्दै मितेरीले सहयोग अभियान ल्याएको बताए । फाउन्डेसनका उपाध्यक्ष अनिता खनालले विभिन्न संघसंस्थासँग हातोमालो गर्दै सहयोग अभियान सुरू गरेको बताइन् ।

यसअघि विकट कान्दा गाउँवरपरका सय परिवारलाई राहत वितरण भएको थियो । कोराक क्षेत्रमा पनि राहत अभियान लैजाने र अन्य पहाडी इलाकामा पनि सकेसम्म सहयोग गर्ने योजना रहेको उपाध्यक्ष खनालले बताइन् । फाउन्डेसनका सदस्य बालकृष्ण थपलियाले च्याउदिङ्ग वरपरका स्थानीयलाई प्रतिपरिवार ३० केजीको एक बोरा चामल, तीन केजी नुन, दुई केजी दाल, एक लिटर तेल र एक प्याकेट मस्यौरा बाँडेको बताए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया