आदर्श नारी विकास केन्द्रद्वारा विपन्नलाई राहत

अन‌ि यो पनि

साझापुर । स्थापनाको ३० वर्ष पूरा गरेको अवसर पारेर भरतपुर–१० स्थित परोपकारी संस्था आदर्श नारी विकास केन्द्रले भरतपुर–२८, साझापुरका अतिविपन्न मुसहर/माझी समुदायका परिवारलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन सरकारले लागू गरेको निषेधाज्ञाको अवधिमा दैनिक ज्याला मजदुरी गरेर खाने र अतिविपन्न १९ घर मुसहर/माझी समुदायका परिवारलाई मंगलबार राहत वितरण गरिएको हो ।

भरतपुर–२८ का वडाध्यक्ष आशबहादुर कुमाल प्रमुख अतिथि रहेको कार्यक्रममा बोल्दै वडाध्यक्ष कुमालले भरतपुर–२८ मा दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएका मुसहर/माझी समुदायका ८० भन्दा बढी घरपरिवार निषेधाज्ञाका कारण काम गर्न नपाएपछि साँझ–बिहान छाक टार्न समस्या भएको बताए । उनले अतिविपन्न परिवारलाई सहयोग गर्न अपिलसमेत गरेका थिए ।

स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा निषेधाज्ञाको अवधिमा दैनिक ज्याला मजदुरी गरेर खाने अतिविपन्न परिवारलाई दैनिकी चलाउन पनि गाह्रो परेकोले भरतपुर–४, १५ मा रहेको फूलबारी, २८ मा रहेको साझापुर मुसहरटोल र कालिका नगरपालिका–५, च्यानडाँडाका गरी ८० घरपरिवारलाई राहत वितरण गरिएको आदर्श नारी विकास केन्द्रकी अध्यक्ष तथा वरिष्ठ महिला अधिकारकर्मी मीना खरेलले बताइन् ।

संस्थाले मानव बेचबिखन तथा ओसारपसार, जबर्जस्ती करणीको घटनामा परेका महिला तथा बालबालिकाहरुको उद्धार, संरक्षण, विकास र न्यायका लागि सामाजिक कार्य गर्दै आएको प्रमुख खरेलले बताइन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका उपसभापति विदुर केसी, आदर्श नारी विकास केन्द्रकी उपाध्यक्ष उषा खरेल सुवेदी, भरतपुर महानगरपालिकाकी उपसचिव एवं महिला विकास अधिकृत शान्ताकुमारी पौडेल, सञ्चार संयोजक अनिल बानियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम केन्द्रकी अध्यक्ष महिला अधिकारकर्मी खरेलको अध्यक्षतामा भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया