चितवन उद्योग संघद्वारा राप्ती नगरलाई सुझाव पेस

अन‌ि यो पनि

राप्ती । चितवन उद्योग संघ राप्ती इकाई समितिले राप्ती नगरपालिकाको आव २०७८/०७९ कोे बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव पेश गरेको छ ।

सुझाव पत्रलाई चितवन उद्योग संघ राप्ती इकाई समितिका अध्यक्ष टंकप्रसाद उप्रेती र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले संयुक्त रुपमा राप्ती नगरपालिकाका प्रमुख प्रभा बराललाई हस्तान्तरण गरेका छन् ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले कार्यक्रमको उद्देश्यसहित संघले अघि सारेका महत्त्वपूर्ण परियोजनाहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा औद्योगिक नीति निर्माण तथा प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक एवं चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्तीले कृषि तथा पशुपक्षीसम्बन्धी, उद्योग तथा रोजगारी र सीप विकास, राजस्व परामर्शसम्बन्धी तयार गरिएको सुझावहरुलाई प्रस्तुत गरेका थिए ।

चितवन उद्योग संघका कार्यक्रम अधिकृत विकास भट्टले सञ्चालन गरेको सुझाव पेश कार्यक्रमलाई चितवन उद्योग संघ राप्ती इकाई समितिका अध्यक्ष टंकप्रसाद उप्रेतीले धन्यवाद मन्तव्य दिएका थिए ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया