दक्षिण कोरियाका नेपालीले पठाए आठ वटा आइसियू बेड

अन‌ि यो पनि

कावासोती । दक्षिण कोरियामा रहेका पूर्वी नवलपरासीका युवाहरुले कोरोनाबाट जिल्लावासीलाई जोगाउन आठ वटा आइसियू बेड पठाएका छन् ।

कावासोतीमा रहेको जिल्ला अस्पतालमा करिब ६ लाख मुख्य बराबरको आइसियू बेड मंगलबार एक समारोहबीच हस्तान्तरण गरिएको हो ।

अस्पताल हातामा मंगलबार आयोजित एक कार्यक्रममा नवलपुर समाज दक्षिण कोरियाका संस्थापक सचिव हेमराज चापागाईंले यहाँका निर्वतमान संघीय सांसद् तिलक महतमार्फत ती आठ वटा बेड अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

सांसद् महतते ५० शय्याको अनुमति प्राप्त गरेको अस्पतालाई चाँडै एक सय बेडको सञ्चालन अनुमति दिलाउन आफूले प्रयास गरिरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका पूर्वअध्यक्ष महेन्द्र पोख्रेलले आफू अध्यक्ष हुँदा जर्मनीको हिल्फे भन्ने संस्थाले १२ करोड सहयोग गर्ने सम्झौता गरेको र त्यसैअनुसार अस्पतालले गति लिएको स्मरण गरे । उनले सबैको सहयोगवाट अस्पतालको स्तरोन्नति गर्न पर्नेमा जोड दिए ।

जिल्ला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. वीरबहादुर थापाले ती सबै बेड आइसियू कक्षमा प्रयोग गर्ने स्तरका रहेको जानकारी दिए । जिल्ला अस्पताल ५० शय्याको सञ्चालन अनुमति पाएको छ ।

दरबन्दीअनुसारका चिकित्सक व्यवस्थापन गरेर अस्पतालले आइसियू र भेनिटलेटर सेवा सुरु गर्न खोजेकै अवस्थामा कोरियामा रहेका नेपालीले उच्च गुणस्तरको ८ वटा बेड अस्पताललाई दिएका हुन् ।

दक्षिण कोरियामा पूर्वी नवलपरासीका ४ सय भन्दा बढी युवाहरु रोजगारीमा रहेका छन् । उनीहरुले संकलन गरेर पठाएको पैसाले ती बेड खरिद गरेर अस्पताललाई दिइएको हो । त्यहाँका नेपालीले यसअघि पनि यहाँका विभिन्न संघसंस्थालाई सहयोग गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया