चितवनमा १८५ जना संक्रमणमुक्त

अन‌ि यो पनि

चितवन २५ जेठ । मंगलबार चितवनमा १८५ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार चितवन जिल्लामा रहेका कुल संङ्क्रमितमध्ये १८५ जना संक्रमणमुक्त भएका हुन्। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या पनि घटेको छ। सोमबार एक हजार ८१७ जना सक्रिय संक्रमित रहेकामा मंगलबारसम्म आइपुग्दा यो संख्या घटेर एक हजार ७१७ मा झरेको छ।

हालसम्मको तथ्यांकअनुसार चितवनमा कुल संक्रमितको संख्या भने १४ हजार ५६२ पुगेको छ। तीमध्ये २३१ जनाले ज्यान गुमाएका छन् भने १२ हजार ६१४ जना संक्रमणमुक्त भएका छन्। एक हजार ७१७ जना सक्रिय संक्रमितमध्ये एक हजार ५४६ जना होम आइसोलेसनमा छन् भने १४४ जना अस्पताल र २७ जना स्थानीय तहले स्थापना गरेको आइसोलेसन केन्द्रमा उपचाररत छन्।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया