चितवनका अस्पतालमा कोरोना संक्रमितको संख्या निरन्तर ओरालो

अन‌ि यो पनि

चितवन २५ जेठ । चितवनका विभिन्न अस्पतालहरुमा भर्ना हुने कोरोना संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ। तथ्यांक हेर्दा जेठ महिनाको सुरुदेखि नै अस्पताल भर्ना हुने संक्रमितको दर निरन्तर ओरालो लागेको देखिन्छ। वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाको प्रभावका कारण पनि संक्रमितको संख्यामा बिस्तारै कमी आएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

मंगलबारसम्म आइपुग्दा चितवनमा अस्पताल भर्ना भएको संक्रमितको संख्या ३०९ मा झरेको छ। आइसियूमा उपचाररतको संख्या १३४ जनामा झरेको छ भने भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या ३१ मा आइपुगेको छ। जेठ महिनामा अस्पताल भर्ना हने संक्रमितको संख्या ४९२ जनासम्म पुगेको थियो। यस्तै आइसियूमा रहनेको संख्या २५२ पुगेको थियो भने भेन्टिलेटरमा ६६ जनासम्म पुगेको थियो।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया