भरतपुर । गत शनिबार मुग्लिन बजारबाट पक्राउ परेका चारजना आरोपी साधारण तारेखमा छुटेका छन् ।
व्यवसयीहरुले आफूहरुको सहमतिमा पैसा लिएको भनी बयान दिएपनि उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको रोहबरमा पहिलो पटकका लागि तारेखमा छाडिएको कर कार्यालय भरतपुरका प्रमुख प्रेमप्रसाद उपाध्यायले बताउनुभयो ।
कर कार्यालयसँग हुने गतिविधिमा कार्यालयका प्रतिनिधिको उपस्थिति अनिवार्य हुने गरी काम गर्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । विष्णु तिवारी, तारानाथ कँडेल, सानुकाजी पाठक र नारायण पाण्डेलाई व्यवसायीसँग अनाधिकृत रुपमा रुपैयाँ असुली गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
Discussion about this post