नारायणगढ । उद्योग वाणिज्य संघ चितवनले सोमबार आफ्ना सदस्य व्यवसायीहरुलाई खाद्य गुणस्तर तालिम दिएको छ । किराना, होटल, मासु र फलपूmल तथा तरकारी व्यवसायीहरु गरी ४५ जनाको सहभागितामा सो तालिम सम्पन्न भएको हो । तालिम उद्योग वाणिज्य संघ चितवनको सभाहलमा भएको थियो ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष कल्याण जोशीले व्यवसायीहरुलाई मर्यादित रुपमा आफ्नो व्यवसायलाई अगाडि बढाउन तालिमले मद्धत पु¥याउने बताउनुभयो । उहाँले आपूmहरु पनि उपभोक्ता हो भन्ने कुरा बिर्सन नहुने भन्दै स्वास्थ्यजस्तो संवेदनशील कुरामा जागरुक हुनु सम्पूर्ण सचेत नागरिकको जिम्मेवारी भएको बताउनुभयो । अध्यक्ष जोशीले क्षणिक नाफाको लागि अखाद्य बस्तुको व्यवसाय गर्न नहुने कुरामा सम्पूर्ण व्यवसायीहरु एकमत हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी संघका द्वितीय उपाध्यक्ष चुननारायण श्रेष्ठले अहिले उपभोक्ताहरु धेरै नै सचेत भइसकेकाले पनि व्यवसायीहरुले आफ्नो व्यवसायलाई स्तरोन्नत्ति गर्नुपर्ने र उच्च गुणस्तरका खाद्य बस्तुको व्यवसायमात्र प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा संघका कार्यसमिति सदस्य तथा व्यावसायिक तालिम समितिका संयोजक राजेन्द्र ओलीले व्यवसायीहरुले अखाद्य बस्तुहरु उपभोक्ताहरुलाई बेच्ने गरेको कुराहरु विगतमा सञ्चार माध्यममा आइरहेकोले त्यसतर्पm सचेत भई त्यस्ता कमीकमजोरीहरु दोहोरिन नहुने विचार व्यक्त गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा उपभोक्ता हक हित एवम् खाद्य संग सम्वन्धित विषयमा क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका कार्यालय प्रमुख वेदनाथ गौतम, बजार संरक्षण ऐनको विषयमा जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत विष्णुभक्त पौडेल र मासुको गुणस्तरको सम्बन्धमा जिल्ला पशुसेवा कार्यालय चितवनका पशु चिकित्सक महेन्द्र शाहले प्रशिक्षण दिनुभएको थियो ।
Discussion about this post