कावासोती । नवलपरासीको नारायणी नदीस्थित सुस्ता किनारमा सुस्ता संरक्षण कार्यअन्तर्गत तटबन्धन गर्ने काम पूरा भएको छ ।
पहिलो पटक सरकारी बजेटबाट ५० लाख र अन्य जनसहभागिताबाट तटबन्धन गर्ने काम भएको पश्चिमाञ्चल सिंचाइ डिभिजन कार्यालयका प्रमुख प्रचण्डदेव विष्टले जानकारी दिनुभयो । नेपाल सरकारबाट सुस्ता संरक्षण कार्यअन्तर्गत नारायणी नदी नियन्त्रणको लागि सुस्तामा २०० मिटर तटबन्धनको काम भएको छ ।
गत आर्थिक वर्षको अन्त्यमा बजेट विनियोजन भई हालैमात्र तटबन्धनको काम भएको विष्टले बताउनुभयो । सुस्तामा रहेको सुस्ता बचाउ अभियानले भारतीय अतिक्रमण बन्द हुनुपर्ने, सुरक्षाकर्मीको सुस्तामा दरिलो उपस्थिति हुनुपर्नेलगायतको माग उठाउँदै आएको छ ।
Discussion about this post