वातावरणप्रतिको हाम्रो दायित्व

अन‌ि यो पनि

स्वच्छ र स्वस्थ वातावरण निर्माणका लागि जैविक विविधताहरुको संवद्र्धन र संरक्षणको भूमिका अहं छ । प्रकृतिलाई त्यसको निरन्तरतामै रमाउन नदिनाले हामीसामु अनेक प्रकारका जटिलताहरु आइरहेका छन् । देशमा उपलब्ध भएका प्राकृतिक स्रोधसाधनहरुको सदुपयोगले मात्रै हामीले सोचेजस्तो वरिपरिको वातावरण निर्माण हुन सक्छ । पर्यावरणप्रति राजनीतिकरुपमा मात्रै नभई सामाजिक स्वरुपमा समेत जागृति ल्याउन सकिएको अवस्थामा मात्र सम्पूर्ण पृथ्वी वातावरणीयरुपबाट पनि बस्नयोग्य उत्कृष्ट गन्तव्य हुन सक्छ । मानव, जीवजनावर र बोटबिरूवाहरुको प्रत्यक्ष सम्बन्ध वातावरणसँग छ । वातावरण प्रतिकूल भएको अवस्थामा कुनै पनि प्राणीको जीवन सुरक्षित हुँदैन र रहँदैन । स्वस्थरुपमा जीवनयापन गर्ने आधार वातावरणले नै प्रदान गर्ने हुनाले त्यसको संरक्षणप्रति हाम्रो भूमिका उच्च छ ।

पृथ्वी सम्पूर्ण बोटबिरूवा र पशु प्रजातिहरुको आधार हो । यावत् जीवजनावरहरुको साझा घरका रुपमा समेत परिभाषित गरिने पृथ्वीलाई आश्रयस्थल मानेर चाहे जलमाथिका हुन् या जलमुनिका प्राणीहरुको जीवन यसैमा निर्भर रहन पुगेको छ । जीवनको अस्तित्वलाई पुष्टि गर्ने हेतुले पृथ्वी आफैँमा स्वतन्त्र छ र रहनुपर्छ । तर, त्यसको दोहन आजको ठूलो चिन्ताको विषय बनिरहेको छ । अनियन्त्रित जनसङ्ख्या, अव्यवस्थित निर्माण पूर्वाधार र सवारीसाधनहरुको बढ्दो उपस्थितिले दिनानुदिन पृथ्वी सङ्कटमा पर्दै गएको छ । मानव, पृथ्वी र समृद्धिका निम्ति पनि सुरक्षित विश्वको अपरिहार्यता बढ्दै गएको देखिन्छ, त्यसका निम्ति पनि वातावरण स्वच्छ र स्वस्थ राख्ने अभियानले अब मूर्तरुप पाउनैपर्छ । पृथ्वीलाई विनासकारी घटनाहरुबाट जोगाउन पनि वातावरणको सुरक्षा र संवद्र्धनप्रतिको हाम्रो कर्तव्यलाई बोध गर्न ढिला गर्न हुँदैन । वातावरण संरक्षण गर्नु अहिलेको ठूलो चुनौतीका रुपमा देखा परेको छ । प्रदूषित वातावरणमा श्वास फेरिरहेका हामीहरु आज अनेकौँ रोगहरुलाई आफूमा जीवित राख्न बाध्य छौँ । बाँच्ने उपक्रममै सकिँदै गैरहेको हाम्रो उमेर वातावरणीय कुप्रभावले झन्झन् छोट्टिँदैसमेत गैरहेको छ । मानवजाति यतिखेर खतराको अवस्थाबाट गुज्रिरहेको छ भन्दा अन्यथा हुँदैन । यस्तो स्थितिमा स्वस्थ र सुरक्षित वातावरणको कामना गर्नु र त्यसको कार्यान्वयनका लागि लाग्नु अहिले अपरिहार्य बन्दै गैरहेको छ ।

आज व्यापारिक प्रयोजनका लागि प्राकृतिक स्रोतसाधनहरुको दोहन जारी छ । जैविक विविधताहरुको संरक्षण र संवद्र्धनको प्रयास फितलोमात्रै भएको होइन कि चौतर्फी त्यसमाथि हमला पनि भैरहेको अवस्था छ । यस्तो सङ्गीन अवस्थाबाट प्रकृतिलाई सुरक्षित राख्नुछ । वन, जैविक विविधता एवं जलाधार क्षेत्रहरुलाई आर्थिक बढोत्तरीका रुपमा समेत सदुपयोग गर्ने अवसर हामीसँग हुँदाहुँदै अनावश्यक त्यसको दोहन तथा दुरूपयोग गरेर ती क्षेत्रहरुलाई तहसनहस पार्ने कुचेष्टामा हामी लिप्त छौँ । जीवनपद्धतिको रुपमा विकसित हुनुपर्ने र गरिनुपर्ने त्यस्ता आधारका रुपमा परिभाषित गरिने क्षेत्रहरुलाई जोगाउन र तिनका अस्तित्वलाई सही ढङ्गले उपयोग गर्न कार्ययोजना र रणनीतिहरुको पहल अहिले अतिआवश्यक भैसकेको छ । हरेक कामकारबाहीहरुलाई वातावरणमैत्री बनाउन सकिएको खण्डमा मात्र वातावरणप्रतिको हाम्रो दायित्वले अर्थ पाउन सक्छ । मानिसहरुमा वातावरणीय चेतनाप्रति जबसम्म पर्याप्त मात्रामा सजगता र सचेतता आउँदैन तबसम्म हरेक मानवजीवन सङ्कटबाट नै गुज्रिरहने कुरा निश्चित छ ।

 

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया