खैरहनी नगरपालिकालाई पिपिई सहयोग

अन‌ि यो पनि

खैरहनी । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि पूर्वी चितवनको खैरहनी नगरपालिकालाई सोमबार बिएसपी नेपाल नामक संस्थाले स्वास्थ्य सामग्री पिपिई सहयोग गरेको छ । बिएसपी नेपालका प्रतिनिधिको टोलीले खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीलाई दुई सय थान पिपिई हस्तान्तरण गरेको हो ।

पिपिई ग्रहण गर्दै नगरप्रमुख चौधरीले विपद्को बेला सबैको हातेमालो आवश्यक पर्ने र यस्तो सहकार्यले विपद्लाई पराजित गर्न सकिने भन्दै सहयोगी संस्थालाई धन्यवाद दिए । कोरोना सङ्क्रमणपछि खैरहनी नगरपालिकाले खैरहनी नगरपालिका प्रकोप व्यवस्थापन कोष बनाएको छ । जसमा आर्थिक सहयोग पनि भइरहेका छन् ।

नगरपालिका आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत केशव हुमागाईंका अनुसार पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ५० हजार ५५५ रूपैयाँ, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार रूपैयाँ सहयोग गरेका छन् । आर्थिकबाहेक सो नगरपालिकालाई स्वास्थ्य सामग्री पनि सहयोग भइरहेको छ ।

नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्माका अनुसार लायन्स क्लब अफ चितवन इष्टले तीन लिटरको अक्सिजन कन्सन्ट्रेटर एक थान र मल्टि पारामिटर मोनिटर एक थान सहयोग गरेको छ । त्यस्तै उद्योग वाणिज्य संघ खैरहनीले फिर्ता गर्ने गरी २० थान अक्सिजन सिलिन्डर, सेफ स्टिल २ थान सिलिन्डर, एआई मेटल, महाशक्ति वर्कशप, यति ब्रुअरी, बाबा ग्यासले समान एक/एक थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।

यसैगरी युवा संघ खैरहनी नगर कमिटीले ६७५ थान मास्क, १० लिटरको सेनिटाइजर, नेफ्स कफिले एक थान सेन्सर सेनिटाइजर मेसिन सहयोग गरेको स्वास्थ्य शाखा उपप्रमुख शर्माले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया