खोप माग्दै शिक्षक संगठनले बुझायो ज्ञापन पत्र

अन‌ि यो पनि

धादिङ । कोरोनाविरूद्धको खोप कार्यक्रमको प्राथमिकता सूचीमा शिक्षक वर्गलाई समावेश गर्न अनुरोध गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङले सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकारले कोरोना रोगविरूद्धको खोप कार्यक्रम सञ्चालनको क्रममा प्राथमिकता सूची निर्धारण गरेर लगाउने क्रममा सयौँ विद्यार्थीहरुसँग प्रत्यक्ष जोडिएर शिक्षण सिकाइमा शिक्षकहरु अग्रपंक्तिमा खटिनुपर्ने भए पनि खोप कार्यक्रमबाट वञ्चित गरिएको भन्दै संगठनले सोमबार धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो ।

संगठनका तर्फबाट अध्यक्ष थानप्रसाद बसौला र सचिव रामबहादुर खतिवडाले हस्ताक्षर गरेर बुझाएको ध्यानाकर्षण पत्रमा समुदायको अग्रभागमा रहेर शिक्षण सिकाइ अघि बढाउँदै आएका शिक्षकहरुलाई नेपाल सरकारले प्राथमिकताको सूचीमा नराखेको कारणले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराइएको संगठनका अध्यक्ष बसौलाले बताए ।

शिक्षकहरुलाई खोप लगाउने कार्य तत्कालै सञ्चालन नगरेमा सरकारको निर्णयअनुसार असार १ गतेदेखि सुरू हुने नयाँ शैक्षिक सत्रमा रोगको जोखिम झन् उच्च हुने भएकाले त्यसतर्फ गम्भीर हुन पनि संगठनले आग्रह गरेको छ ।

नेपालमा गएको माघ १४ गतेबाट सुरू भएको खोप कार्यक्रममा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी कर्मचारी, जनप्रतिनिधिका साथै ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई प्राथमिकता प्राप्त सूचीमा समावेश गरे पनि शिक्षकलाई भने समावेश नगरिएको भन्दै संगठनले दुःख व्यक्त गरेको छ ।

कोरोना रोगको सङ्क्रमणको जोखिमको उच्च क्षेत्र र एकैपटक बालबालिकामा समेत भयावह अवस्था सिर्जना हुन सक्ने भएकाले सरकारले शिक्षकहरुलाई प्राथमिकतामा राख्नेतर्फ निर्णय गरोस् भन्नका लागि ज्ञापन पत्रमार्फत सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष बसौलाले बताए ।

प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई बुझाइएको ज्ञापनपत्रको बोधार्थ नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, नेपाल शिक्षक महासंघ र संगठनको केन्द्रीय समितिलाई समेत दिइएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया