बछौलीका १३ परिवारलाई खाद्यान्न वितरण

अन‌ि यो पनि

रत्ननगर । निषेधाज्ञाका कारण समस्यामा परेका अतिविपन्न परिवारलाई सोमबार खाद्यान्न वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले वडा नं–६ का १३ घरपरिवारलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरेको हो ।

ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरुलाई बिहान–बेलुकाको छाक टार्न समस्या भएपछि १० किलो चामलसहित दाल, आलु र नुन प्रदान गरिएको उपशाखाका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक राममणि खनालले जानकारी दिए । निषेधाज्ञाको अवधिभर अहिलेसम्म वडा नं–६ र ७ का अतिविपन्न १६१ परिवारलाई राहत वितरण गरिएको उनले बताए ।

सोमबार वडा नं–६ का वडा सदस्यहरु नन्दकुमारी सापकोटा, किरण महतो, जियन चौधरी र केशरीमाया सुनारको रोहवरमा राहत वितरण गरिएको हो । उपशाखाका सभापति सुवास विडारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनोज चौधरी, सहसचिव सरस्वती सेढाईं र कोषाध्यक्ष दीपेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया