वे ग्रुप नेपाल छैटौँ वर्षमा प्रवेश

अन‌ि यो पनि

भरतपुर । ‘हप्ताको एकदिन एकछिन समाजका लागि’ भन्ने नारासहित सामाजिक सेवा गर्ने उद्देश्यले स्वतःस्फूर्तरुपमा २०७३ साल जेठ २४ गते जन्म भएको वे ग्रुप नेपाल छैटौँ वर्षमा प्रवेश गरेको छ । विशेषगरी, लङ्कू क्षेत्रबाट सुरू गरिएर भरतपुरआसपासका क्षेत्रमा सरसफाइ गर्दै आएको वे ग्रुप नेपालले वातावरण र सरसफाइको काम गर्दै आइरहेको हो ।

समाजमा बढ्दै गएको फोहोर व्यवस्थापनका साथै समाजमा विकसित भएका सामाजिक विकृतिहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ यसको जन्म भएको अध्यक्ष भोजराज कँडेलले बताए । वे ग्रुपका अभियन्ताहरुको लगाव, स्थानीय सरकार, सामाजिक संघसंस्था र समाजसेवीहरुको सद्भाव एवं रचनात्मक सहयोगका कारण आज वे ग्रुप नेपाल अहिलेको अवस्थासम्म आएको उनले बताए ।

लकडाउन हुनुभन्दाअगाडि निरन्तर वातावरण सरसफाइको काम गर्दै आइरहे पनि अहिले सङ्क्रामक रोग कोरोना भाइरसको जोखिम भएका बेलामा समेत संस्थामा आबद्ध सदस्यहरुले आआफ्नो वडामा भएका समस्याहरुको समाधान गर्दै आइरहेको अध्यक्ष कँडेलले बताए । लकडाउनपश्चात् पुनः सरसफाइको कामलाई निरन्तरता दिने उनले बताए ।

वे ग्रुपले विशेषगरी सरसफाइ, चेतना विस्तार र मानवीय सेवाका कार्यक्रमहरु गर्दै आएको छ । वरपरका सामुदायिक विद्यालयहरु, मठमन्दिरहरु, बाटो, सवारी चाप बढी भएका चोकहरु, सामाजिक संघसंस्थाका कार्यालय परिसरहरु, सरकारी कार्यालयलगायतका स्थानहरुमा सरसफाइ गर्ने काम गरेको छ । सरसफाइ गर्ने विभिन्न ठाउँहरुमा फोहोर व्यवस्थापन गर्नका लागि डस्टविनहरु वितरण गरी सम्बन्धित मानिसलाई संरक्षणको जिम्मा दिने काम पनि गरेको छ ।

सडकमा अनावश्यकरुपमा बढेको झाडी फँडानी गरी सडक मिचेर खेती गर्नेहरुलाई पनि सडकको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह पनि गरेको उनी बताउँछन् । यतिमात्र नभएर वृक्षरोपण, प्राकृतिक विपत्तिमा सहयोग, ट्राफिक प्रहरीसँगको सहकार्यमा सचेतनालगायत मानवीय सेवा र परोपकारका कार्यहरु पनि गर्दै आएको उनले बताए ।

समाजको समस्या बनेको जुवातास, जाँडरक्सी नियन्त्रण गर्ने विषयमा पनि वे ग्रुपमा आबद्ध युवाहरुले चेतना विस्तार गरी सामाजिक समस्या समाधान गर्नमा मह¤वपूर्ण योगदान गरेका छन् । जसका कारण वे ग्रुपको कामबाट प्रभावित क्षेत्रमा दुव्यर्सन नियन्त्रणमा पनि सघाउ पुगेको छ । भरतपुर एक बगैँचा कार्यक्रममा पनि वे ग्रुप नेपाल अग्रपंक्तिमा रहेर काम गरिरहेको उनी बताउँछन् ।

समाजमा चेतना विस्तार गरी सामाजिक विकासमा सबैलाई संलग्न गराउन पहल गर्ने विकासप्रेमीहरुको समूह भएको हुनाले विभिन्न प्रकारका विकृति र विसङ्गतिका विरूद्धमा आवाज उठाउने नै मुख्य योजना रहेको अध्यक्ष कँडेलले बताए । यसलाई नमुना क्षेत्रको रुपमा विकास गरी जिल्लाबाहिर पनि स्थानीयसँग समन्वय गरी सरसफाइका कार्यहरु अगाडि बढाउने वे ग्रुपको लक्ष्य रहेको उनी बताउँछन् ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया