कुमरोजमा तारजाली विस्थापित गरी कङ्क्रिट पर्खाल निर्माण

अन‌ि यो पनि

रत्ननगर । चितवनको खैरहनी नगरपालिकाअन्तर्गत कुमरोजमा वनको सिमानामा लगाइएको तारजाली विस्थापित गरी कङ्क्रिट पर्खाल लगाउने कामलाई तीव्रता दिइएको छ । वन्यवन्तु बस्तीमा प्रदेश गर्नबाट रोक्न कुमरोज सामुदायिक वन र मानवबस्तीकोे सिमानामा पर्खाल निर्माण थालिएको हो ।

करिब एक दशकअघि वनको सिमानामा लगाइएको ९ किलोमिटर लामो तारजाली विस्थापित गरी कङ्क्रिट पर्खाल निर्माण थालिएको बूढीराप्ती मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष हीराबहादुर गुरूङले बताए । ठूला जनावरहरु हात्ती, गैँडालाई रोक्न तारजाली प्रभावकारी नभएपछि कङ्क्रिट वाल निर्माण सुरू गरिएको उनको भनाइ छ ।

पूर्वको कठारदेखि पश्चिमको रत्ननगरअन्तर्गतको जनकौली बस्तीसम्म ९ किलोमिटरमा प्रदेश सरकार, कुमरोज सामुदायिक वन र बूढीराप्ती उपभोक्ता समितिले छुट्टाछुट्टै लगानीमा पर्खाल निर्माण गरेका छन् । कुमरोज सामुदायिक वनले खैरहनी वडा नं–१३ को गोबैबाट पश्चिमतर्फ ७०० मिटर पर्खाल निर्माण गरेको छ ।

प्रदेश सरकारले खैरहनी वडा नं–१३ कै सिम्रेनीदेखि पश्चिमतर्फ १ किलोमिटर र बूढीराप्तीले हात्ती काउन्टरबाट पूर्वतर्फ ३०० मिटर पर्खाल निर्माण गरिसकेका छन् । बूढीराप्तीले नै सोमबारदेखि जनकपुर पोस्टबाट पश्चिम १२० मिटर पर्खाल निर्माण सुरू गरेको छ ।

निकुञ्जका सौराहा सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले शिलान्यास गरेसँगै कङ्क्रिट पर्खाल निर्माण सुरू भएको हो ।

उपभोक्ता समितिको ११ लाख ५० हजारको लगानीमा १२० मिटर पर्खाल निर्माण सुरू गरिएको समितिका सचिव ईश्वरीराज पाठकले जानकारी दिए । कुनै पनि वन्यजन्तु बस्तीमा छिर्न नसक्ने गरी ५ फिट अग्लो र त्योसँगै तीन फिट रड राखेर मजबुत बनाउने योजना रहेको पाठकले बताए ।

सो अवसरमा सहायक संरक्षण अधिकृत उप्रेतीले मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि कुमरोजमा गरिएको काम अनुसरण गर्न लायक रहेको बताए । वन्यजन्तुको सुरक्षासँगै बस्ती र मानिसको सुरक्षा कयौँ गुणा मह¤वपूर्ण रहेकाले निकुञ्ज र बस्तीको सिमानामा भरपर्दो पर्खाल निर्माणले संरक्षणलाई अझ प्रभावकारी बनाउने उनले विश्वास व्यक्त गरे । संरक्षणलाई जनताको जीविकोपार्जनसँग जोडिएको भन्दै उनले आयआर्जन, सीप विकाससँगै सुरक्षालाई पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले सामुदायिक वन र निकुञ्जकै कारण कुमरोजमा पर्यापर्यटनको विकास भएको भन्दै वन्यजन्तु संरक्षणमा कुमरोजवासी सदैव लागिपर्ने बताए । बूढीराप्तीका अध्यक्ष गुरूङले मध्यवर्तीको अधिकांश बजेट निकुञ्ज र बस्तीको सिमानामा पर्खाल लगाउन खर्च गर्नुपर्ने बाध्यकारी अवस्था आएको बताए । ‘वन्यजन्तुको आक्रमणबाट नागरिकलाई जोगाउनु मह¤वपूर्ण विषय हो’, उनले भने, ‘मान्छे बाँचेरै संरक्षण गर्ने हो ।’

शिलान्यास कार्यक्रममा वडा नं–१३ का वडाध्यक्ष टीकाराम तिमिल्सिना, उपभोक्ता समितिका पूर्वअध्यक्षहरु कृष्णलाल चौधरी, तेजप्रसाद बर्तौलालगायतले मन्तव्य राखेका थिए । कङ्क्रिट पर्खाल निर्माण समितिका संयोजक बैद्यनाथ चौधरीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया