चितवनमा घट्न थाले सक्रिय सङ्क्रमित : प्रतिएक सयमा २० जना अझै पोजिटिभ

अन‌ि यो पनि

भरतपुर । चितवन जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या घट्न थालेको छ । एक हप्ताअघिसम्म झन्डै पाँच हजारको हाराहारीमा रहेका सक्रिय सङ्क्रमित आइतबार एक हजार ८१७ जनामा झरेको छ ।

‘सक्रिय सङ्क्रमित जति घटे त्यति हलुका महसुस हुँदै जाने हो, सक्रिय सङ्क्रमित पाँच हजारबाट दुई हजारभन्दा तल झरेको छ, यसले सकारात्मक सूचक देखाउँछ’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने । उनका अनुसार सक्रिय सङ्क्रमित एक हजारभन्दा कममा झरे भने बल्ल निषेधाज्ञालगायतलाई खुकुलो बनाउन सकिन्छ ।

चितवन जिल्लामा प्रतिएक सय जनाको पिसिआर गर्दा २० जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रमुख तिवारीले भने, ‘चितवनको ग्रामीण भेगतिर एन्टिजेन पोजिटिभको रिपोर्ट बढी आइरहेको छ, यसले के देखाउँछ भने ग्रामीण भेगतर्फ अझै कोरोनाको सङ्क्रमण कायमै रहेको छ ।’

एकैदिन नौ जना सङ्क्रमितको मृत्यु

भरतपुर अस्पतालमा तीन जना, चितवन मेडिकल कलेजमा पाँच जना र क्यान्सर अस्पताल भरतपुरमा एक जना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

चितवनका चार अस्पताल (भरतपुर, सिएमसी, सिएमएस र विपी कोइराला क्यान्सर)बाट ३० जना सङ्क्रमित डिस्चार्ज भएका छन् । यी अस्पतालहरुमा १४१ जना सङ्क्रमित आइसियूमा, ३० जना भेन्टिलेटरमा, ४३ जना एचडियूमा, १३५ जना जनरल वार्डमा रहेका छन् । चितवनका अस्पतालहरुमा ३१९ जना उपचाररत रहेका छन् ।

१३४ सङ्क्रमित थपिए, ३४९ जना मुक्त

एकैदिन (पछिल्लो २४ घन्टा) चितवनमा १३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरमा ९६, खैरहनी नगरपालिकामा ८, माडीमा ८, रत्ननगरमा १०, राप्तीमा ३, कालिकामा ५, इच्छाकामनामा ४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार चितवनमा एकैदिन ३४९ जना सङ्क्रमणमुक्त भएका छन् ।

चितवनमा अझै एक हजार ८ सय १७ सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा एक हजार ६४५ र अस्पतालको आइसोलेसनमा १४४ जना रहेका छन् । चितवनमा हालसम्म २३० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । १२ हजार ४२९ जना निको भई घर फर्केका छन् । चितवनमा हालसम्म १४ हजार ४७६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया