चेपाङलाई दिने राहतमा पनि राजनीति !

अन‌ि यो पनि

सिद्धि । चेपाङ समुदायलाई राहत वितरण गर्न भनेर लगेको खाद्यान्न राजनैतिक आस्था नमिलेको भन्दै फर्काइएको एक जना चेपाङ अभियन्तालाई आरोप लागेको छ । सोमबार नेपाल चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङको नेतृत्वमा राहत सामग्री बोकेर कालिका नगरपालिका वडा नं. १० पाइमाराङ पुगेको टोलीले आसपासका चेपाङहरुलाई बोलाएर गाडीबाट झारेको खाद्यान्न पनि वितरण नगरी पुनः गाडीमा चढाएर फर्काएको आरोप लागेको हो ।

गाउँलेको भनाइअनुसार संघका अध्यक्ष लक्ष्मण चेपाङले राहत लिनको लागि पाइमाराङसम्म आउन भन्दै जिङलाउ, गोदारा, ताङकुम, नान्दार, पाइमाराङ, घैराङ, दमियोडाँडा र बाँसपानीका करिब ७० घरधुरीलाई बोलाएका थिए । तर, अनिकालका बेला गाउँमा आएको राहत पनि नदिई फर्काएपछि गाउँलेले आक्रोश व्यक्त गरेका छन् ।

‘वडा नं. १० मा नेपाली कांग्रेसको बाहुल्य भएकै आधारमा आएको राहत पनि फर्काइयो,’ पाइमाराङका स्थानीय डिल्ली चेपाङले भने, ‘चेपाङको दुःखमा चेपाङले नै राजनीति गरेको प्रस्ट छ ।’ राहत नदिएपछि बिहानै खाली पेटमा आएका स्थानीय रित्तै हात फर्किएका थिए ।

लक्ष्मण चेपाङ नेकपा एमालेका कार्यकर्ता हुन् । तर, यस क्षेत्रमा कांग्रेस पार्टीको वर्चश्व बढी भएकै कारण ‘यहाँका मान्छे हामीभन्दा धनी रहेछ’ भनेर फर्काइएको स्थानीय सोममाया चेपाङले बताइन् । ‘राहत पाइन्छ भनेर बिहानै पाइमाराङ पुग्ने मात्रै भयो,’ उनले भनिन्, ‘राहत पाउने आशमा आहात मात्रै पाइयो । न घरको काम, न त राहत ।’

तीन दोभान झरेपछि कांग्रेसका मान्छेहरुलाई हामी सहयोग गर्न सक्दैनौँ भनेर फर्किएका तीन दोभानका कविराज प्रजाले आरोप लगाए । ‘दुःखी गरिबको रित्तो भुँडीमा पनि राजनीति गर्न छाडेनन्,’ उनले भने । स्थानीयका अनुसार लक्ष्मण चेपाङको नेतृत्वमा पुगेको टोलीले चामल, दाल, नुन, तेललगायतका खाद्यसामग्री बोकेर पाइमाराङ पुगेका थिए ।

यस विषयमा चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङसँग प्रतिक्रिया लिन खोज्दा बोल्न चाहेनन् । फोन उठाएर पनि ‘गाउँमा पुगेको राहत किन फर्काइयो’ भनेर प्रश्न गर्दा कुनै प्रतिक्रिया नदिई फोन काटे । त्यसपछि पटकपटक सम्पर्क गर्दा पनि फोन उठाएनन् ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया