कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा फरार दुई पक्राउ

अन‌ि यो पनि

भरतपुर । चितवन प्रहरीले पुनरावेदन अदालत हेटौँडाले कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा फरार रहेका दुई जनालाई सोमबार पक्राउ गरेको छ ।

जबर्जस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय तोकिएका भरतपुर–१० बस्ने वर्ष ३४ का मीनबहादुर तामाङ र कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका भरतपुर–७ बस्ने वर्ष ३५ को उदेश विकलाई पक्राउ गरिएको हो ।

पक्राउपछि फरारद्वयलाई चितवन जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया