कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा कैद सजाय तोकिएका फरार दुई पक्राउ

अन‌ि यो पनि

भरतपुर । चितवन प्रहरीले पुनरावेदन अदालत हेटौंडाले कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा फरार रहेका दुईजनालाई सोमबार पक्राउ गरेको छ ।

जबर्जस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय तोकिएका भरतपुर–१० बस्ने वर्ष ३४ का मीनबहादुर तामाङ र
कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका भरतपुर–७ बस्ने वर्ष ३५ को उदेश बिकलाई पक्राउ गरिएको हो ।

पक्राउ पछि फरारद्वयलाई चितवन जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया