चितवनमा एकैदिन १३४ संक्रमित थपिए, ३४९ जना मुक्त

अन‌ि यो पनि

भरतपुर । एकैदिन (पछिल्लो २४ घन्टा) चितवनमा १३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरमा ९६, खैरहनी नगरपालिकामा ८, माडीमा ८, रत्ननगरमा १०, राप्तीमा ३, कालिकामा ५, इच्छाकामनामा ४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार चितवनमा एकैदिन ३४९ जना संक्रमणमुक्त भएका छन् । चितवनमा अझै एक हजार ८ सय १७ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा एक हजार ६४५ र अस्पतालको आइसोलेसनमा १४४ जना रहेका छन् ।

चितवनमा हालसम्म २३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४२९ जना निको भइ घर फर्केका छन् । चितवनमा हालसम्म १४ हजार ४७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया