चितवनका अस्पतालमा एकैदिन नौ जना संक्रमितको मृत्यु

अन‌ि यो पनि

भरतपुर । एकैदिन (पछिल्लो २४ घन्टा) चितवनका विभिन्न अस्पतालमा उपचारको क्रममा नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा तीन जना, चितवन मेडिकल कलेजमा पाँच जना र क्यान्सर अस्पताल भरतपुरमा एक जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । चितवनका चार अस्पताल (भरतपुर, सिएमसी, सिएमएस र बीपी कोइराला क्यान्सर) बाट ३० जना संक्रमित डिस्चार्ज भएका छन् ।

यी अस्पतालहरुमा १४१ जना संक्रमित आइसियुमा, ३० जना भेन्टीलेटरमा, ४३ जना एचडियुमा, १३५ जना जनरल वार्डमा रहेका छन् । चितवनका अस्पतालहरुमा ३१९ जना उपचाररत रहेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...