अर्थात् तेस्रो आँखा

अन‌ि यो पनि

नारायण प्रसाद रेग्मी
सहायक क्याम्पस प्रमुख सप्तगण्डकी बहुमुखी क्याम्पस

उमेर बढ्दै गएपछि चिल जीवन मरणको दोसाँधको अवस्थामा गुज्रिन बाद्य हुन्छ।अस्वभाविक रुपमा बढेका ठुँड नङग्राले चिल आहारा खोज्न असमर्थ हुन्छ। चिलमा बाँच्ने आशा भने जिवित रहन्छ। चिल अग्लो पहाडको चट्टाने टाकुरामा पुगेर अनावश्यक असहज रुपमा बढेका नङग्रा ठुँड बेस्सरी रगड्छ। खिइएको नङग्रा ठुँडको पीडाको कारण चिल केही दिन आहार खोज्न सक्तैन। दिनहरु बित्दै जाँदा चिल जवान चिलमा रुपान्तरित हुन्छ र केही वर्षहरु सहज रुपमा गुजार्छ।

असिना पानी हावा हुरीका कारण थुप्रै चराचुरुङ्गी अकालमा मृत्युवरण गर्न बाद्य हुन्छन्।हुरी बतास असिना पानी पर्दा चिल आकास माथि माथि उड्छ। १०हजार फिटभन्दा माथि उड्न सक्ने चिल बादल पानी भन्दा माथि पुगेर सहजै रुपमा सुरक्षित हुन्छ। बाज, काग, चिबे चराले दुख दिँदा चिल तिनीहरु सँग प्रतिकार प्रतिशोध आक्रमण गर्दैन।आकासमा उचाई बढाउँदै जाँदा चिललाई पच्छ्याउदै गरेका चिबे, काग, बाज अक्सिजन कमीका कारण बेहोस भएर भुइँमा बजारिन्छन्।

बचेरा बचेरी हुर्काउन अत्यन्त सुरक्षित गुँड बनाउने चिलका भाले पोथीबिच अत्यन्त प्रगाढ र आत्मिय सम्बन्ध हुन्छ। गुँड निर्माण बचेरा बचेरीको पालन पोषणमा भाले चिल र पोथी चिलको समान भुमिका रहन्छ। पोथी चील ३५ दिन ओथारो बस्दा पोथीलाई चाहाराको सबै चाँजो पाँजो भाले चिलले मिलाउँछ।एउटा पखेटाबाट कुनै एउटा प्वाँख झर्दा सन्तुलनको लागि चिलले अर्को पखेटाबाट पनि प्वाँख झार्छ।चीलले जीवन साथी परिवर्तन गर्दैन।चीलका भाले पोथी जीवनभर सङ्गै रहन्छन्।

चीलले स्याल ब्वाँसो गिद्द्ध जनावर पशुपन्छीले जस्तो अरु जनावरले शिकार गरेर मारेको सिनो कहिल्यै खाँदैन। चिलले आफ्नो आहार आफै जुटाउँछ र सधै ताजा खानेकुरा खान्छ।मानिसको भन्दा करिब पाँच गुणा बढी दृश्य शक्ति र तीस गुणा भन्दाबढी बस्तु समात्न सक्ने क्षमता मांसाहारी चिलमा निहित रहेको हुन्छ। करिब तिन कि.मि. परको दृश्य सहजै ठम्याउँन सक्ने चिल आकासमा उड्दै गर्दा सहजै आहाराको पहिचान गर्छ र प्रायःएकै प्रयासमा आहारा जुटाउन सफल हुन्छ।

जङ्गलको सिंह जस्तै स्वाभिमानी चिल अर्ना, हात्ती, मृग, भङ्गेरा, सुगा जस्तै समूहमा हिड्न मन पराउँदैन।आत्मा विश्वासको कारण एक्लै रहँदा पनि अन्य पन्छीहरु भन्दा चिल सुरक्षित रहेको महसुस गर्छ।मेहनत गरेर बनाएको गुँडका घाँस पात छेस्का भुत्ला प्वाँख बचेरा हुर्कदै जाँदा चीलले बिगार्दै लग्छ।मुलायम गुँड बिगार्दै असहज परिस्थितिमा हुर्कन बचेराहरुलाई प्रेरित गर्छ। चिलका बचेराहरु धराप बन्दै गएको गुँडबाट खस्ने डरमा आफ्ना पञ्जाहरुको पक्डने क्षमता बढाउँछन् जसले गर्दा भविष्यमा सहजै जीवन जिउन सक्छन्।

चिलले नङग्रा ठुँड घोटेर जवान बने जस्तै योग ध्यान साधना शारिरिक व्यायामबाट मानिसले आफुलाई बदल्न सक्छ। पानी असिना पर्दा चिल समस्याबाट नभागी अक्कल जुक्ति निकाले जस्तै मानिसले पनि समस्यामा बुद्धिको अधिकतम् प्रयोग गर्न सक्छ। चिलले जस्तै ताजा खानेकुरा आफै जुटाएर खानसके मानिस स्वस्च्छ र निरोगी बन्छ। सधै समूहमा बलियो सुरक्षित रहेको अनुभव गर्नुभन्दा अन्तरयात्राबाट आफुमा रहेको अथाह क्षमता पहिचान गरी मानिसले चिल जस्तै एक्लै जीवन जिउन पनि सक्नु पर्छ।

बच्चाबच्चीलाई सधै कमजोर परनिर्भर नबनाई चिलले गुँड भत्काएर बचेरालाई साहसी बनाएर जस्तै हामीहरुले पनि आफ्ना नानीबाबुहरूलाई जीवन जिउने कला सिकाउनु पर्छ।सफलता डाहा र्इष्या अवरोध गर्ने प्रति खनिएर होइन चिल जस्तै उचाई बढाएर अर्थात् सफलता चुमेर कुभलो चिताउनेहरुलाई पछि पार्न सकिन्छ। चिलले प्वाँख झारेर सन्तुलन कायम गरे झै पारिवारिक सन्तुलन कायम, पारिवारिक सम्बन्ध प्रगाढ पार्न सक्ने र सहयोग सद्धभाव एकआपसमा बाड्न सक्ने हो भने मानवको जीवन पनि सहजै धन्य बन्छ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया