लाइसेन्स लिएकालाई समेत माछा मार्न निषेध

अन‌ि यो पनि

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा लाइसेन्स लिएकालाई समेत माछा मार्न निषेध गरेको छ ।

वैशाखदेखि असार मसान्तसम्म माछाको प्रजनन तथा भुरा हुर्काउने समय भएकोले यतिबेला यो समयमा माछा मार्ने लाइसेन्स प्राप्त व्यक्तिलाई समेत यो अवधिमा माछा मार्न निषेध गरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

सोमबार रातको समयमा राप्तीमा माछा मार्न जाँदा गोहीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको चितवन निकुञ्जले जनाएको छ । निकुञ्जले बन्दाबंन्दीको समयमा अनावश्यक रुपमा जंगल तथा नदी क्षेत्र प्रवेश नगर्न सबैमा अनुरोध गरेको छ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया