सिप्रदि म्याक लुब्रिकेन्ट्सद्वारा अटो मेकानिकलाई राहत

अन‌ि यो पनि

भरतपुर । निषेधाज्ञाका कारण मारमा परिरहेका चितवन आसपासका श्रमजिवी अटो मेकानिकहरुलाई सिप्रदि ट्रेडिङ प्रालिअन्तर्गतको सिप्रदि सहायता संस्था र म्याक लुब्रिकेन्ट्सद्वारा राहत वितरण भएको छ ।

राहत वितरण कार्यक्रममा चितवनका लागि म्याक लुब्रिकेन्ट्सको आधिकारिक डिलर एवंम् म्याक परिवार कैलाश इन्टरनेशनल प्रालि र एसके चितवन ट्रेडिङ प्रालिमार्फत ३५ जना मेकानिकका परिवारहरु छनोट गरि नारायणगढको पुल्चोक र लायन्सचोकमा राहत वितरण गरीएको हो ।

राहत स्वरुप चामल, नुन, तेल, दाल वितरण गरिएको थियो । उक्त कार्यक्रममा कैलाश इन्टनेशनलको तर्फबाट शिवकुमार जोशी, एसके चितवनको तर्फबाट कृष्ण काफ्ले र निरज श्रेष्ठ एवम् सिप्रदि ट्रेडिङ म्याक लुब्रिकेन्ट्सको तर्फबाट बजार प्रतिनिधि मुकेश अर्याल, शेखर अर्याल र महमद सोहेबको उपस्थिति रहेको थियो ।

यस्ता कार्यक्रमले लकडाउनको समयमा नियमित काम गर्न नपाएका श्रमजिवी मेकानिकहरुको छाक टार्न म्याक लुब्रिकेन्ट्सले निकै महत्वपुर्ण भुमिका खेलेको कैलाश इन्टनेशनलका शिवकुमार जोशीले बताए । एसके चितवनका कृष्णराज काफ्लेलगायतले मन्तव्य दिएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...