राप्ती नदीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

अन‌ि यो पनि

भरतपुर । चितवन राष्ट्रिय निकुन्ज भएर बग्ने राप्ती नदी किनारमा मगर गोहीको आक्रमणबाट आज सोमबार एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका २४ ध्रुबघाट क्षेत्रस्थित राप्तीमा माछा मार्र्न क्रममा गोहीको आक्रमणबाट भरतपुर २५ बस्कट्टाका वर्ष ३५ का छन्नुराम बोटेको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

आर्थिक वर्ष २०७७-७८ को हालसम्म निन्कुन्ज र मध्यवर्ती क्षेत्रमा १२ जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले चितवन पोष्टलाई जानकारी दिए ।

यस आर्थिक वर्षमा ३ जना हात्तीबाट, तीन जना बाघबाट, ३ जना गैँडाको आक्रमणबाट, १ जना गौरी गाईबाट, १ बँदेल र १ मगर गोहीको आक्रमणबाट मृत्यु भएको अधिकारीले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया