विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

अन‌ि यो पनि

भरतपुर । मारवाडी सेवा केन्द्र नारायणगढ र हिन्दू सेवक संघ नेपाल परिवारले राप्ती ११ कोराकका विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

मारवाडी सेवा केन्द्रका उपाध्यक्ष प्रेमकुमार राठीले २२५ विपन्न घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेको जानकारी दिए । उनका अनुसार एक घरपरिवारलाई १५ सय रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरेको बताए । उनले भने, ‘एक परिवारलाई एक बोरा चामल, एक पोका तेला, नुन, दाल, मसौरालगायतका खाद्यान्न सामग्री वितरण गरेका छौँ ।’

मारवाडी सेवा केन्द्र र हिन्दू सेवक नेपाल परिवारका सदस्यहरुले विपन्न परिवारलाई एकै ठाउँमा भेला पारेर खाद्यान्न सामग्री वितरण गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया