बजेटको तयारी गर्दै खैरहनी नगरपालिका, स्वास्थ्यमा ५० लाख थपिँदै

अन‌ि यो पनि

खैरहनी । खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी तीव्र पारेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झन्डै एक अर्बको बजेट ल्याउने नगरपालिकाले तयारी गर्दैछ ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रमा बजेट बढाउने तयारी गरेको छ । आगामी वर्षका लागि ५० लाख रुपैयाँ वृद्धि गर्ने तयारी नगरपालिकाले गरेको हो । आगामी वर्षका लागि स्वास्थ्यतर्फ १ करोड ७५ लाख विनियोजन गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा संघीय सरकारले बजेट नपठाएकाले अहिले स्थानीय तहले नै आफ्नै खर्चमा रोग नियन्त्रणको काम गर्नु परेकाले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्न लागिएको नगर प्रमुख लालमणि चौधरीले बताए ।

त्यस्तै, बजेटका विषयमा विषयगत समितिहरुको बैठक पनि बसिरहेको छ । त्यसअघि विभिन्न शाखा, विषयगत समितिहरु, वडाका लागि बजेटको सिलिङ तोकेर त्यसभित्र रही कार्यक्रम तयार पार्न लागिपरेका छन् ।

आन्तरिक स्रोत बढ्दै जाँदा नगरपालिकाले नगरका वडाहरुलाई न्यूनतम १ करोड २३ लाखदेखि १ करोड ८१ लाख रुपैयाँसम्म बजेट विनियोजन गर्ने तयारी गरेको छ । ५० प्रतिशत समान रुपमा विनियोजन हुने भए पनि बाँकी ५० प्रतिशतमा ४० प्रतिशत भूगोल, ४० प्रतिशत जनसंख्या, १० प्रतिशत राजस्व संकलन र १० प्रतिशत पिछडिएको क्षेत्रलाई आधार बनाएर विनियोजन गरिने मेयर चौधरीले बताए ।

वडाले प्राप्त गर्ने र विषयगत शाखाहरुले प्राप्त गर्ने बजेटको सिलिङ आइतबार बसेको कार्यपालिका बैठकले पारित गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत एवम् कार्यपालिकाका सदस्य सचिव चन्द्रकान्त न्यौपानेले जानकारी दिए । वडा कार्यालयहरुलाई जेठ मसान्तभित्र बजेटमा रही कार्यक्रम नगरपालिकामा पेस गर्न समय दिइएको उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...