पत्रकार घिमिरेलाई वातावरण पत्रकारिता पुरस्कार

अन‌ि यो पनि

भरतपुर । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले जुन ५ अर्थात् विश्व वातावरण दिवसको अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार चितवनका पत्रकार राजेश घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सेतोपाटी अनलाइनमा कार्यरत भरतपुर निवासी पत्रकार घिमिरेलाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिनेछ ।

समूहले प्रत्येक वर्षको विश्व वातावरण दिवसमा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२० मा वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरुमध्येबाट छनोट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२० भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान् गरेको थियो । समूहका पूर्वअध्यक्ष लक्ष्मण उप्रेतीको संयोजकत्वमा समूहका पूर्व महासचिव राजेश घिमिरे र विज्ञ सदस्य मन्जित ढकाल सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको हो ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२०’ पाउने उनी ३४ औँ पत्रकार हुन् । यो पुरस्कार समूहको आगामी साधारण सभाको दिन हस्तान्तरण गरिने छ ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया